
काठमाडौं
बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको छ ।
बुधबार उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको थियो।
अदालतले सफाई पाएको पत्र पठाएसँगै नख्खु कारागारमा रहेका उनी छुटेका हुन्।
२०६४ सालको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो। उक्त विस्फोटमा घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए।
यता,उच्च सरकारी वकिल कार्यालय, वीरगन्जले भने आलम बिरूद्ध प्रर्याप्त प्रमाण भएकाले उच्चको फैसला बिरूद्ध सर्बोच्च अदालतमा पुन: मुद्धा गर्ने जनाएको छ ।