विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं


आर्थिक वर्गीयताका हिसाबले समाजमा सम्पन्न वर्ग ,मध्यम वर्ग र विपन्न वर्ग गरी तीन वर्गमा विभाजन भएको देखिन्छ। प्रति व्यक्ति आय दैनिक २० डलर भन्दा माथि हुनेहरूलाई सम्पन्न वर्ग मानिन्छ। हाम्रो देशमा १ लाख सम्पन्न वर्गभित्र पर्दछन्। दैनिक दुई डलरदेखि २० डलरसम्म प्रतिव्यक्ति आए हुनेहरू मध्यम वर्गमा पर्छन्। यो वर्ग विभिन्न तथ्याङ्क अनुसार २३प्रतिशत रहेको छ। त्यसैगरी दैनिक दुई डलर भन्दा कम प्रतिव्यक्ति आय हुनेहरू विपन्न वर्गमा पर्दछन्।

सम्पन्न वर्गहरू नेपालको सन्दर्भमा हरेक हिसाबले अझ बढी सबल बन्दै गएको देखिन्छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा राज्यको सम्पूर्ण शक्ति यी वर्गको हातमा रहेको देखिन्छ। पैसा र पावरको दुरुपयोग गरी विभिन्न विकृति पनि मौलाएको देखिन्छ । सम्पन्न वर्गले मध्यम वर्ग र विशेषगरी विपन्न वर्गलाई हरेक हिसाबले अगाडि बढाउन साथ सपोर्ट दिनुपर्ने हुन्छ। तर विभिन्न कोणबाट शोषण भइरहेको छ, जसमा श्रम शोषण ,सामन्ती चिन्तन, दलालीकरण जस्ता विकृति भएको देखिन्छ। जसमा राजनीतिक, आर्थिक र सामाजिक रूपबाटै विपन्न वर्गहरुमा हस्तक्षेप भएको देखिन्छ। सम्पन्न वर्गले विपन्न वर्गलाई राजनीतिक ,सामाजिक, आर्थिक हिसाबले माथि उठाउन पहल गर्नुपर्नेमा विकृति देखिनु दुःखको कुरा हो।

सम्पन्न वर्गले भौतिक र नैतिक रुपमा साथ सपोर्ट गरी विपन्न वर्गलाई माथि उठाउन आवश्यक छ। नेपालको सन्दर्भमा मध्यम वर्ग सम्पन्नतातर्फ जानु पर्नेमा विपन्नतातर्फ गएको देखिन्छ। जसमा राजनीतिक, आर्थिक र सामाजिक कारणहरुले भएको देखिन्छ। हाम्रो मुलुकको सन्दर्भमा विपन्न वर्गहरूको सङ्ख्या २०.२७प्रतिशत रहेको देखिन्छ। यो वर्गका नागरिकलाई गाँस,वास र कपास पूर्ति गर्न समेत मुस्किल छ। यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच पुग्न अति कठिन छ। केही नागरिकहरूको आधारभुत आवस्यकता जुटाउन पुरा जीवन बिताउन परेको अवस्था छ। भने केही विपन्न वर्गहरुमा स्वास्थ्य, शिक्षा र रोजगारका लागि जीवन बिताउन बाध्य छन् ।

यसरी सम्पन्न वर्ग थप सम्पन्न हुँदै जाने र मध्यम वर्ग क्रमश सम्पन्नतातर्फ जानुपर्नेमा विपन्न हुँदै जानु अत्यन्त गम्भीर विषय हो। यसले समाजमा ,मुलुकमा सम्पन्न र विपन्न वर्गको दूरी बढ्दै जाँदा द्वन्द सिर्जना हुने देखिन्छ।

समतामूलक समाज निर्माणका लागि राज्यको प्रमुख अङ्ग राजनीतिले सही दिशा निर्देश गर्न आवश्यक छ। राजनीतिले सही दिशा निर्देश गर्न सकेन भने राज्य मा द्वन्द सिर्जना हुन्छ। नेपालको सन्दर्भमा राजनीतिमा केही नेताका अलावा सर्वहारा ,श्रमजीवी, विपन्न वर्गका लागि राजनीति गरेको भनि जनमत बटुली आफू सत्तामा पुगिसकेपछि आफू, आफ्नो परिवार, नातागोता ,इष्टमित्र र आफ्नो गुणगान गाउनेलाई अवसर दिने आफू विलासी जीवनशैलीमा रमाउने ,मतदाता र सर्वसाधारणको अवस्था जस्ताको तस्तै र अझ बढी नाजुक बन्दै गएको देखिन्छ। अर्को गम्भीर विषयत द्वन्दबाट सत्तामा पुगी विलासि जीवनशैलीमा विलय हुने र विपन्नहुँदा दन्दात्मक शैली अपनाउने र सत्तामा पुगी धरातल बिर्सने हुँदा देशमा द्वन्द नरोकिने विभिन्न नाममा द्वन्द भइरहेको अवस्था छ ।

विपन्न वर्गको प्रतिनिधित्व गरी सत्तामा पुग्नेहरू विपन्न वर्गलाई माथि उठाई मुलुकमा समतामूलक समाज निर्माणका लागि भूमिका खेल्नुपर्नेमा विलासितामा रमाउँदा द्वन्द निरन्तर चलिरहने अवस्थाको सिर्जना हुन्छ। राज्यको अभिभावकीय भूमिका सबैलाई आवश्यक पर्छ। सम्पन्न वर्ग स्वयं सवल हुन्छन्,मध्यम वर्गमा विशेष समय र परिस्थितिमा राज्यको अभिभावकीय भूमिका आवश्यकता पर्छ भने विपन्न वर्गहरुलाई गास, बास ,कपास, स्वास्थ्य ,शिक्षा र रोजगार जस्ता प्राथमिक आवश्यकता पूरा गर्न पनि धौधौ पर्नेहुनाले अभिभावकीय भूमिका आवश्यकता पर्दछ। विपन्न वर्गले पनि सम्पन्नतातर्फ उन्मुख हुन विकृति र अन्याय छिचोल्दै श्रममा विश्वास गर्ने र बचत गर्ने विधि अपनाई क्रमश: माथि उठ्न सकिन्छ भन्ने ठोस निर्णय लिन आवश्यक छ।

हरेक व्यक्ति ,परिवार ,समाज र राज्यले जो कमजोर छ उही व्यक्तिलाई साथ सहयोगको आवश्यकता हुने हुनाले अन्य व्यक्ति परिवार समाज र राज्यको विशेष आवश्यकता पर्छ। द्वन्द्व समाधानका लागि सम्पन्न वर्गले विपन्न वर्गलाई विभिन्न कोणबाट साथ सपोर्ट समर्थन गरी माथि उठाई वर्गीय दूरी कम गर्नु आवश्यक छ। जसबाट सबैको हित हुन्छ। मुलुकमा द्वन्द नभई अमनचयन स्थापित हुन्छ। समतामूलक समाज निर्माण हुन्छ ।

सम्पन्न वर्गले श्रमकाे न्यायाेचित सम्मान संगै हरेक हिसावले साथ सहयाेग गरि विपन्न वर्गलाई माथि उठाउन आवस्यक छ। राज्यको मियो राजनीतिले वर्गीय दूरी कम गर्ने हिसाबले नीति नियम लागू गर्नु आवश्यक छ । राज्यका हरेक जिम्मेवार अङ्ग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सञ्चार जगत र सबै जिम्मेवार निकायले वर्गीय दूरी कम गरी समाज र मुलुकमा द्वन्द नभई अमनचयन स्थापित गर्न एकजुट हुनु आवश्यक छ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...