आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजनहरूको भीड
बुटवल
आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व बाेकेकाे दिन। आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।
श्रावण महिना भगवान् शिवको विशेष महिना समेत भएकाले हिन्दु धर्ममा आस्था राख्नेहरू सोमबार निराहार बसेर शिव लिंगमा जलार्पण गरी भगवान् शिवको विशेष पूजा अर्चना गर्ने गर्दछन् ।
श्रावण महिना भगवान् शिवको विशेष महिना पनि हो भने सोमबार शिवजीको प्रिय वार हो । त्यसैले श्रद्धालुहरू व्रत बसेर शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, शिव स्तोत्र जप गर्ने गर्दछन्। खास गरी महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिवको व्रत बसी पूजामा सहभागी हुने गर्दछन्।शिव पूजाको धार्मिक र ज्योतिषीय महत्त्वहिन्दु शास्त्रअनुसार साउन महिनामा शिवको आराधना गर्नाले पाप नाश हुनुका साथ...








