एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन


बुटवल

नेकपा एमालेको विहिबार मध्यराती सम्पन्न सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था बारे उल्लेख थियो । मध्यरात सकिएको सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको हो ।

‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ’, बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको उनले जानकारी दिए ।

करिब १० घण्टा बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेपछि अध्यक्ष ओलीले प्रस्तावित विधानमा आफ्नो राय राखेका थिए । यसैबिच शुक्रबार ११ बजे बस्ने भनिएको पोलिटब्युरो बैठक  दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकमा भएको छलफल अनुसार यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद पनि हटाउने प्रस्तावमा सहमति भएको बताइएको छ  । त्यस्तै  पूर्व राष्ट्रपति विद्या भण्डारीबारे शीर्ष तहमा छलफल गरेर उचित निर्णय र व्यवस्था गर्ने नेताहरूबिच छलफल भएको छ ।

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...