समाज

डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रुपन्देही रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहु...
लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, शिक्षा, समाचार, समाज
काठमाडौंपरराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जोड दिएका छन् । प्रेस चौचारी नेपालले साेमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै एमाले नेता राजन भट्टराई, सिमाविद वुद्धिनारायण श्रेष्ठ, नेपाल-भारत सीमा अध्ययन सिमितिका संयोजक विष्णु उप्रेतीले भदौ ३ गते नेपाली भूमिको बाटो हुँदै भारत-चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएकोप्रति आपत्ति जनाउँदै त्रिपक्षीय संवादबाट समाधान खोज्न सुझाव दिएका हुन् ।चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नेपालको भूमि रहेको स्पष्ट पार्दै चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउनुभएको थियो । ...
आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
वीरगंजगृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको बताएका छन् ।प्रेस युनियन पर्साद्वारा वीरगंजमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध नबिग्रिने बताउदै मित्र राष्ट्र भारतले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको बताए ।उनले भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ । उनले भने- 'त्यो कुरामा हामी प्रष्ट भन्न चाँहन्छौं त्यसपसमा आपति छैन । र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन । यो हाम्रो हो हामी भनिरहन्छौं, यसले सम्बन्ध बिग्रनपर्ने कुर...
पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति

पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बीच ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयमा दुई पक्षबीचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ। साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनु पर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्नेलगायत ४ बुँदे सहमति भएको हो ।सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र सो अवधि सम्म साविक बमोज...
रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देही गुल्मीको रुरुक्षेत्र गाउँपालिका नेकपा एमाले गाउँ कमिटीले पालिकामा चलिरहेको विद्यालयमा जडान गरिने स्मार्टवाेर्ड खरिद प्रकरणमा अनियमितता गर्न खाेजेकाेले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी नलिंदा सम्म आन्दाेलन चलिरहने वताएका छन्।नेकपा एमाले रुरु -रूपन्देही सम्पर्क मञ्चको आयोजनामा शनिबार बुटवलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली कामभन्दा सस्तो प्रचारबाजी र आर्थिक अनियमितता सँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको सहभागितामा यस्ता कार्यहरु गरेको बताएका हुन्। कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर १का क्षेत्रीय समन्वय कमिटी संयोजक तथा सोही पालिका सामाजिक विकास समिति संयोजक शेष नारायण पौडेलले पालिकाका केही विद्यालयमा स्मार्ट बोर्ड खरिद गर्दा प्रक्रिया मिचेर अनियमि...
आज गौरा पर्व मनाइदै: यस्तो छ महत्व

आज गौरा पर्व मनाइदै: यस्तो छ महत्व

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाइदैछ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मानिने गरको छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको मान्यता रहदै आएको छ । गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने भनाइ पनि रही ...
शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको सुख्खानगरमा रहेको शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।शनिबार रूपन्देहीको योगीकुटीमा सम्पन्न साधारण सभामा बोल्दै सहकारीका पदाधिकारीहरूले शुभ मिलन हरेक हिसाबले उत्कृष्ट सहकारी रहेको धारणा राखेका छन्। वक्ताहरुले ऋण ,लगानी ,बचत जस्ता सूचकांक हिसाबले शुभ मिलन उत्कृष्ट रहेको बताएका हुन्। सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ७६ वर्षीय संस्थापक तथा जेष्ठ सदस्य सुरेन्द्र श्रेष्ठले स्थापनाकालदेखि ऋण ,बचत तथा लगानीमा अत्यन्तै राम्रो गरी व्यवस्थापन गरेकोले शुभ मिलन राम्रो रहेको मा गर्भ लागेकाे वताउंदै ,आगामी समयमा पनि राम्रो होस् भन्ने चाहना राखेको धारणा राखेका थिए।वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले शेयर पुंजि ६८ लाख १० हजार ,कुल बचत २ करोड ३...
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नाघ्यो

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नाघ्यो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ ।यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मुल्य पहिलो पटक दुई लाख नाधेको हो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो । ...
रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

रुस युक्रेन युद्ध : हमलामा युक्रेनमा २३ जनाको मृत्यु, ईयूको मुख्यालयमा पनि क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौंयुरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि कीभमा भएको रूसको सबैभन्दा घातक हमलाप्रति आफ्नो आक्रोश व्यक्त गरेकी छन् । उनले रूसले युक्रेनी नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको बताएकी छन् ।उक्त हमलाले युक्रेनको राजधानीमा रहेको ईयूको प्रतिनिधिमण्डलको कार्यालयमा समेत क्षति पुर्याएको छ ।युक्रेनी अधिकारीहरूका अनुसार सो बमबारीमा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । एउटा पाँचतले आवासीय भवन पूर्णरूपमा ध्वस्त भएको छ । ईयू मिसन तथा नजिकैको ब्रिटिस काउन्सिलमा क्षति पुगेको छ । कडा शब्दको वक्तव्यमा भोन डेर लेयनले दुईवटा क्षेप्यास्त्र प्रतिनिधिमण्डलको कार्यालयबाट ५० मिटरको दुरीमा प्रहार गरिएका थिए । रूसले लगभग ६०० ड्रोन र ३० भन्दा बढी ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाल...
बुटवलबाट तीन कम्युनिस्ट नेताकाे गर्जन : कम्युनिस्ट पुनर्गठनकाे आवस्यकता

बुटवलबाट तीन कम्युनिस्ट नेताकाे गर्जन : कम्युनिस्ट पुनर्गठनकाे आवस्यकता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवलसहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा आयाेजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द "विप्लव " , माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा " प्रभाकर" तथा नेकपा एकीकृत समाजवादीका महासचिव घनस्याम भुसालले नेपालका कम्युनिस्ट पार्टिहरुमा दासत्व, भ्रष्टाचार जस्ता विकृति माैलाएकाेले कम्युनिस्ट पुनर्गठन आवस्यक रहेकाे वताएका छन्। दिग्दर्शन भुलेर दिग्भ्रममा नेपालका कम्युनिस्ट पार्टी : विप्लव नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालका कम्युनिस्ट पार्टीहरु समाजवाद हुँदै साम्यवादमा पुग्ने दिग्दर्शन भुलेर वेतिथि, भ्रष्टाचार जस्ता विकृतिको दिग्भ्रममा परेकाे बताएका छन् । विप्लवले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गर्दै विप्वले यस्तो बताएका हुन् । ‘हामील...