समाज

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँपूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ।भूषण देउवापत्नी आरजु राणाका भाइ हुन्। उनको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको हो। भूषण राज्यका विभिन्न निकायबाट हुने ठूला खरिद र नियुक्तिहरूमा चलखेल गर्ने व्यक्तिका रूपमा परिचित छन्।देउवाको बूढानीलकण्ठस्थित घरमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते ठूलो मात्रामा नगद तथा बहुमूल्य सामग्री भेटिएको थियो।सरकारले सीआईबी प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीलाई दिएपछि शंकास्पद व्यक्तिहरू निगरानीमा छन्। केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा नै बहुचर्चित भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढेको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिनअघि सीआईबीमै पुगेर राजनीतिक दबाबमा रोकिएका अनुसन्धान अघि बढाउन निर्देशन दि...
जेलबाट भागेका कैदीहरू चाडवाडमा गाउँमा देखिए खबर गर्नू: प्रहरी प्रवक्ता घिमिरे

जेलबाट भागेका कैदीहरू चाडवाडमा गाउँमा देखिए खबर गर्नू: प्रहरी प्रवक्ता घिमिरे

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरि रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ।‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र ६ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।भागेका कैदीहरूमा कोही चोर डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौं। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ,ु उनले भने।त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी क...
१६ अस्पतालमा जेनजी क्लिनिक स्थापना, घाइतेलाई परिचयपत्र वितरण सुरु

१६ अस्पतालमा जेनजी क्लिनिक स्थापना, घाइतेलाई परिचयपत्र वितरण सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ जेनजी युवा आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूसँग भेटघाट गरेका छन् र सोही अवसरमा परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।गृह मन्त्रालयको निर्णय अनुसार, जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूलाई चिनाउने उद्देश्यले परिचयपत्र वितरणसँगै डेडिकेटेड ‘जेनजी क्लिनिक’ पनि स्थापना गरिएको छ । उपचारको प्रक्रिया व्यवस्थित, सुलभ र लक्षित बनाउने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ वटा अस्पतालमा यी विशेष क्लिनिक स्थापना गरिएको हो । मन्त्रालयका अनुसार, जेनजी क्लिनिकमार्फत घाइतेहरूको फलोअप उपचारलाई प्रभावकारी बनाइनेछ । साथै उनीहरूलाई अस्पतालसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । उपचार प्रक्रियामा थप सहजता ल्याउन अस्पतालहरूमा फोकल पर्सन ...
जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिः नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठ

जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिः नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलजेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन । शनिवार नेकपा रुपन्देहीले आयोजना गरेको 'जेनजि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रियाका बक्ताहरुले यसो बताएका हुन । कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठले जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको बताउँदै सबैको साझा पदावली समाजवादका विषयमा छलफल गरी नेपाली विशेषताको समाजवादमा जान सकिने धारणा राखे । उनले भने 'हामीले भन्ने गरेको बैज्ञानिक समाजवाद अहिले साझा मुद्दा  नबन्न सक्छ त्यसैले हामी अहिले सबैलाई मान्य हुने साझा निकाश भनेको नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढाैं ।'जनतामा धेरै आशा जगाएर पूरा गर्न नसक्नुको परिणाम यो परिस्थिति उत्पन्न भएको बताउँदै नेता बसन्तले भने- 'हामी नयाँ पुस्तालाई विश्वस्त पार्न सकेनौ । सन्जाल ह...
आगजनी र तोडफोडबाट बैंकहरूको सवा खर्ब ऋण लगानी प्रभावित, बैंकलाई ३७ अर्ब प्रत्यक्ष क्षति

आगजनी र तोडफोडबाट बैंकहरूको सवा खर्ब ऋण लगानी प्रभावित, बैंकलाई ३७ अर्ब प्रत्यक्ष क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँभदौ २३ को प्रदर्शन र २४ को तोडफोडबाट बैंक तथा वित्तीय संस्थाको करिब १ खर्ब २० अर्ब ऋण प्रभावित भएको छ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले संयुक्त रूपमा संकलन गरेको तथ्यांकले उल्लिखित रकम बराबरको ऋण प्रभावित भएको देखिएको छ । यसमध्ये ९५ प्रतिशतभन्दा बढी वाणिज्य बैंकहरूको ऋण रहेको स्रोतले बताएको छ ।प्रदर्शनका क्रममा ८ सय ७३ जना ऋणीको उद्योग, व्यवसाय, प्रतिष्ठानलगायतमा प्रत्यक्ष प्रभावित भएको र जसमा ३७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । एउटै ऋणीले एकभन्दा बढी बैंकबाट ऋण लिएकाले उल्लिखित संख्यामा केही ऋण दोहोरिएका छन् । यसरी दोहोरिएको संख्या घटाउँदा प्रभावित ऋणी ६ सय हाराहारी हुने स्रोतले बताएको छ । त्यसो त आन्दोलनमा ठूलो क्षति पुगेका कतिपय उद्योग व्यवसायले बैंकबाट ऋण लिएका छैनन् । ऋण लिए पनि निकै कम मात्र छ । यस कारण बैंकको ऋणबाट मात्र...
जलेका-च्यातिएका नोट कसरी साटिन्छन् ?

जलेका-च्यातिएका नोट कसरी साटिन्छन् ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँभदौ २४ गतेको प्रदर्शनमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल तथा पूर्वमन्त्री दीपक खड्काको घरमा पैसा जलेको भन्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। आगलागीमा जलेको अवस्थामा धेरै नोटहरू भेटिएका छन्। उक्त दिन राजधानीसहित देशभर आगजनीका घटना भएका कारण आगोले जलेका कति नोटहरू छन् भन्ने यकिन छैन।यद्यपि यसरी जलेको अवस्थामा भेटिएका नोटहरू काम चल्छन् कि चल्दैनन् त ? अनि यसबाट राज्यलाई के नोक्सान हुन्छ त ? यो तपाईको पनि चासोको विषय हुन सक्छ। हामीले यहाँ तपाईको यही जिज्ञासाको जवाफ खोज्ने प्रयास गरेका छौँ। भदौ २३ र २४ आन्दोलनमा गरिएको आगजनी तथा तोडफोडमा केही घरमा नोट जलेका र च्यातिएका भेटिएका छन्, यसबाट राज्यलाई के नोक्सान हुन्छ ? प्रत्यक्ष रूपमा हेर्दा राज्यलाई कुनै नोक्सान देखिँदैन । किनकि त्यो पैसा जुन व्यक्ति वा संस्थाको हो, सबैभन्दा ठूलो नोक्सान उसैलाई हुन्छ । त...
ओलीको आक्रोश- पासपोर्ट रोक्ने रे, यो हा हुँको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ?

ओलीको आक्रोश- पासपोर्ट रोक्ने रे, यो हा हुँको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरेका छन्। सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको बताए।उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ।’उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँरु के सोचेका छौँ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’ ...
शान्ति, शुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयको अनुरोध

शान्ति, शुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयको अनुरोध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो । 'नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ,' विज्ञप्तिमा भनिएको छ, 'यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुनेगरी गर्नु भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ।' ...
फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

Breaking news 2, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँकारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ ।गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको स्पष्ट पारेको छ । अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारवाही हुने निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए। शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ । फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय...
नेपालले आज टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध पहिलोपटक क्रिकेट खेल्दै

नेपालले आज टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध पहिलोपटक क्रिकेट खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडाैंनेपाल आज आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध मैदानमा उत्रदै छ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गतकाे पहिलो खेल खेल्न लागेकाे हाे ।यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८ बजेपछि खेल सुरु हुनेछ। नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्ने कार्यक्रम रहेकाे छ।वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली अर्को सातादेखि ओमानमा हुने आईसीसी टी–२० एसिया कप क्षत्रिय छनोट खेल्न उतैबाट ओमान प्रस्थान गर्नेछ। नेपाली टोलीले वेस्ट इन्डिजसँगकाे सिरिजलाई त्यसकै तयारीका रूपमा लिएको छ। ...