१६ अस्पतालमा जेनजी क्लिनिक स्थापना, घाइतेलाई परिचयपत्र वितरण सुरु


काठमाडौँ

जेनजी युवा आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूसँग भेटघाट गरेका छन् र सोही अवसरमा परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।
गृह मन्त्रालयको निर्णय अनुसार, जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूलाई चिनाउने उद्देश्यले परिचयपत्र वितरणसँगै डेडिकेटेड ‘जेनजी क्लिनिक’ पनि स्थापना गरिएको छ ।

उपचारको प्रक्रिया व्यवस्थित, सुलभ र लक्षित बनाउने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ वटा अस्पतालमा यी विशेष क्लिनिक स्थापना गरिएको हो ।

मन्त्रालयका अनुसार, जेनजी क्लिनिकमार्फत घाइतेहरूको फलोअप उपचारलाई प्रभावकारी बनाइनेछ । साथै उनीहरूलाई अस्पतालसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

उपचार प्रक्रियामा थप सहजता ल्याउन अस्पतालहरूमा फोकल पर्सन (सम्पर्क व्यक्ति) पनि तोकिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा यस्ता क्लिनिक स्थापना गरिएको छ ।

बागमती प्रदेशमा भरतपुर अस्पताल चितवन, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा समेत डेडिकेटेड जेनजी क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

यससँगै, सम्बन्धित अस्पतालहरूमा जेनजी क्लिनिक तथा फोकल पर्सनको सम्पर्क नम्बर सार्वजनिक गरिएको छ, जसका माध्यमबाट घाइतेहरूले आवश्यक परामर्श तथा सेवाको जानकारी पाउन सक्नेछन् ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...