जलेका-च्यातिएका नोट कसरी साटिन्छन् ?


काठमाडौँ
भदौ २४ गतेको प्रदर्शनमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल तथा पूर्वमन्त्री दीपक खड्काको घरमा पैसा जलेको भन्दै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। आगलागीमा जलेको अवस्थामा धेरै नोटहरू भेटिएका छन्। उक्त दिन राजधानीसहित देशभर आगजनीका घटना भएका कारण आगोले जलेका कति नोटहरू छन् भन्ने यकिन छैन।
यद्यपि यसरी जलेको अवस्थामा भेटिएका नोटहरू काम चल्छन् कि चल्दैनन् त ? अनि यसबाट राज्यलाई के नोक्सान हुन्छ त ? यो तपाईको पनि चासोको विषय हुन सक्छ। हामीले यहाँ तपाईको यही जिज्ञासाको जवाफ खोज्ने प्रयास गरेका छौँ।

भदौ २३ र २४ आन्दोलनमा गरिएको आगजनी तथा तोडफोडमा केही घरमा नोट जलेका र च्यातिएका भेटिएका छन्, यसबाट राज्यलाई के नोक्सान हुन्छ ?

प्रत्यक्ष रूपमा हेर्दा राज्यलाई कुनै नोक्सान देखिँदैन । किनकि त्यो पैसा जुन व्यक्ति वा संस्थाको हो, सबैभन्दा ठूलो नोक्सान उसैलाई हुन्छ । तर, अप्रत्यक्ष रूपमा त्यसको असर राष्ट्र बैंक हुँदै राज्य तहसम्मै पुग्छ । किनकि नागरिकको घरमा रहेको चलनचल्तीमै रहेको पैसा हो । चलनचल्तीमा रहेको भन्नाले आवश्यकताअनुसार राष्ट्र बैंकले बजारमा पठाएको पैसा हो । त्यो पैसा जल्यो वा कुनै कारणले नष्ट हुँदा बजारमा पैसा कमी हुन्छ । कमी भएको पैसा राष्ट्र बैंकले छपाइ गरेर बजारमा पठाउनुपर्छ । पैसा छपाइ गर्दा ठूलो धनराशि खर्च हुन्छ । त्यो हामी नागरिकले करमार्फत तिरेको पैसा हो ।
चलनचल्तीको मुद्रा भनेको के हो, बजारमा यस्तो पैसा कति छ ?
नेपालमा पैसा छाप्ने त्यसको संरक्षण र व्यवस्थापन गर्ने काम राष्ट्र बैंकको हो । राष्ट्र बैंकले सबै अवस्था आकलन गरेर धेरै नोट छापेको हुन्छ । तर, छापिएका सबै नोट एकै पटक बजारमा पठाइँदैन । देशको अर्थतन्त्रको आकार, आर्थिक गतिविधिलगातय पक्ष हेरेर राष्ट्र बैंकले बजारमा कति पैसा आवश्यक छ त्यो मूल्यांकन गर्छ । र सोहीअनुसार आवश्यक रकम मात्र बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पठाउँछ । यसरी बजारमा पठाइएका मुद्रालाई चलनचल्तीको मुद्रा भनिन्छ । गत साउन मसान्तसम्म बजारमा ६ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ चलनचल्तीमा छ । यो गणनाभित्र आन्दोलनमा जलेका वा च्यातिएका भनिएका नोट पनि पर्छन् । यति ठूलो संख्यामा नोट नष्ट भएका रहेछन् भने त्यत्ति नै नोट राष्ट्र बैंकले पुनः छाप्नुपर्छ । त्यो राज्यको नोक्सान हो ।

पैसा कसरी छापिन्छ, खर्च कति लाग्छ ?

नेपालमा मुद्रा छपाइबारे राष्ट्र बैंकले नोट छपाइ तथा सिक्का टकमारी निर्देशिका जारी गरेको छ । त्यसकै आधारमा नोट तथा सिक्का छपाइ हुँदै आएको छ । नोट तथा सिक्का छपाइ कहाँ गर्ने भन्नेबारे निश्चित तोकिएको नभए पनि अन्तर्राष्ट्रिय रूपमा बोलकबोल आह्वान गरेर मुद्रण कम्पनी छनोट गर्नुपर्छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका मुद्रण कम्पनी नभएकाले राष्ट्र बैंकले विदेशमा मुद्रा छपाइ गर्दै आएको छ ।

नोटको दर र समयअनुसार त्यसको छपाइ खर्च पनि फरक फरक छ । पछिल्लो पटक नोट छपाइ गर्दा ५ रुपैयाँ दरका लागि प्रतिनोट रु. १.६८ रुपैयाँ र एक हजारका लागि ३.३७ रुपैयाँ लागत लाग्दै आएको छ । यस्तै, १० रुपैयाँको प्रतिनोट १.४० रुपैयाँ, २० रुपैयाँको प्रतिनोट १.७३ रुपैयाँ, ५० रुपैयाँको प्रतिनोट २.६७ रुपैयाँ, एक सय रुपैयाँको प्रतिनोट २.९९ रुपैयाँ, पाँच सय रुपैयाँको प्रतिनोट ४.६८ रुपैयाँ खर्च लाग्दै आएको छ । यद्यपि यही दर सधैंभरिका लागि हुँदैन । नोट छपाइका लागि बोलकबोल गर्दा कुन कम्पनी छानिन्छ र त्यसले कति रकम कोड गरेको हुन्छ । त्यसका आधारमा पनि नोटको लागत घटबढ हुन सक्छ ।

पैसा नेपालमा छाप्न मिल्दैन हो ?

पैसा विदेशमै छाप्नुपर्छ भन्ने कानुनी व्यवस्था छैन । तर, पैसा छपाइ गर्ने प्रिन्टिङ कम्पनी छनोट गर्दा अन्तर्राष्ट्रिय रूपमै बोलकबोल आह्वान गर्ने कानुनी व्यवस्था छ । अन्तर्राष्ट्रिय रूपमै गरिएको बोलकबोलमा जुन कम्पनीले सस्तो दरमा राम्रो सुविधा दिन्छ त्यही कम्पनी छनोट हुन्छ । यद्यपि हालसम्म नेपालमा पैसा छाप्ने प्रिन्टिङ कम्पनी छैन । यस कारण सबै बोलकबोलमा विदेशी कम्पनीबीच प्रतिस्पर्धामार्फत कम्पनी छनोट गरेर नोट छापिन्छ ।

कुन राष्ट्रमा छापिन्छ नेपाली पैसा ?

बोलकबोलमा जुन राष्ट्रको कम्पनी छनोट हुन्छ, त्यही राष्ट्रमा छापिन्छ । पछिल्ला वर्षहरूमा बोलकबोलमा धेरै चिनियाँ कम्पनी नै छानिएका छन् । यद्यपि पोल्यान्ड, यूके, फ्रान्सलगायत राष्ट्रका कम्पनीले पनि नेपाली पैसा छापेका छन् ।

नेपाली मुद्रा कहिले छापिन थालेको हो ?

नेपालमा लिच्छवि राजा मानदेवको शासनकालदेखि धातुका सिक्काको सुरुवात भएको मानिन्छ । लिच्छविकालमा मानांक, गुणांक, अंशुबर्मा, वैश्रवण, पशुपति, जिष्णुगुप्त, वृष आदि मुद्राहरू प्रचलनमा आएको इतिहास छ । त्यसपछि मल्लकाल हुँदै शाहकालसम्म आइपुग्दा नोट र सिक्काको विकास हुँदै आएको छ ।

१९८९ सालमा टक्सार स्थापना गरी आधुनिक सिक्का र २००१ असोज १ मा इस्तिहार जारी गरी नेपालमा कागजी मुद्रा प्रचलनमा आएका हुन् । त्यस्ता कागजी मुद्रा १००, १०, ५ मोरुका थिए र तिनमा पहिलो खजान्ची पण्डित जनकराज पाण्डेले हस्ताक्षर गरेका थिए । त्यसपछि दुई जना खजान्ची पण्डित भरतराज पाण्डे र पण्डित नरेन्द्रराज पाण्डेले हस्ताक्षर गरी मोरु नै नोट निष्कासन भएका थिए । यी नोट सदर मुलुकीखानाबाट निष्कासन भएका थिए । २०१३ वैशाख १५ मा केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना भएको हो । २०१६ फागुन ७ देखि हिमालयशमशेर जबराको हस्ताक्षरमा केन्द्रीय बैंकमार्फत कागजी नोट निष्कासन सुरु भएको हो ।

हाल नेपालमा कुन–कुन दरका नोट छापिएका छन् ?

नेपालमा हालसम्म ११ दरका नोट निष्कासन भएका छन् । विगतमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५००, १००० रुपैयाँ दरका नोट निष्कासन गरिएको थियो । हाल १, २, २५, २५० रुपैयाँ दरका नोट छपाइ गरिँदैन । ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नोट मात्र निष्कासन हुँदै आएका छन् । १ र २ रुपैयाँका सिक्का मात्र छपाइ गरिन्छ ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...