फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान


काठमाडौँ
कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ ।
गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको स्पष्ट पारेको छ ।

अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारवाही हुने निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए।

शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ । फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ ।
फर्किन बाँकी रहेका कैदीबन्दीको अद्यावधिक विवरण जिल्लाबाट नियमति रूपमा प्राप्त गरी स्म्बन्धित माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
कैदीबन्दीको खोजीका लागि जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक छलफल गर्न, अन्तर समन्वय कायम गर्न र आवश्यक देखिएकामा अन्य संयन्त्रको प्रयोग गर्नुपर्ने कार्यादेश तय भएको छ । सार्वजनिक सेवा प्रवाहह गर्ने निकायलाई फर्किन बाँकी कैदबिन्दीको विवरण उपलब्ध गराइ खोजीकार्यलाई प्रभावकारी बनाइने विभागले जनाएको छ ।

भागेका कैदीबन्दीसम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन आह्वान गर त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्तमाध्यमबाट कार्यदल वा सुरक्षा निकायको सम्पर्क नम्बर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...