शिक्षा

अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने- साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट

अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने- साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँअस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् । अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स...
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा सम्पन्न- जवाफदेहीता संगै हकअधिकारमा जोड

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा सम्पन्न- जवाफदेहीता संगै हकअधिकारमा जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारणसभा सोमबार बुटवलमा म सम्पन्न भएको छ । महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डि.आर. घिमिरे, पूर्व अध्यक्ष तथा सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्षद्वय रामप्रसाद आचार्य, मिना ढकाल, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, अग्रज पत्रकार नारायणप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले शाखाको आफुहरु आएपछि गरिएका विभिन्न कार्यहरुको जानकारीसंगै समीक्षा प्र...
राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा विभिन्न विषयमा गरेका पहललगायतका विवरण समेटिएको छ । संविधानअनुसार संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । ...
प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो ।भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ ।राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ ब...
देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। सोमबार बिहान कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ। पाल्पाको अर्चलेमा पछिल्लो एक घन्टामा २५.४ मिलिमिटर वर्षा भएको छ। अरू स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ। कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ। अरू धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। सोमबार दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएक...
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने

सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन् । सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गरे ।सभापति लामिछानेले भने- ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्...
जातीय,भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय शक्ति हो : केपी ओली

जातीय,भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय शक्ति हो : केपी ओली

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिदै समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने दिवसका रूपमा विश्व आदिवासी दिवसको महत्व रहेको बताएका छन् ।उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन् । आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप बलियो बनाउने उनको भनाइ छ । ओलीले नेपालको संविधानले सबै समुदायको समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताएका छन् । उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैलाई आह्वानसमेत गरेका छन् । ...
प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिंदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर...
सरकारको त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३ सय ८४ निर्णय

सरकारको त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३ सय ८४ निर्णय

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति विवरणमा तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ ९७.०७ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख छ ।कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार यस अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय भएका छन् । साथै मन्त्रिपरिषद्का विभिन्न समितिका आठ वटा बैठक सम्पन्न भई १२ वटा निर्णय भएका छन् ।कार्यालयका अनुसार जेनजी आन्दोलनपछिको सेवा प्रवाह, विकास निर्माणलगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिवस्तरीय बैठकमार्फत आवश्यक निर्देशन, छलफल तथा अन्तरक्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाइ पारदर्शी निर्णय प्रक...
५८ वर्षपछि रोहिणीका २ सय ७१ परिवारले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका २ सय ७१ परिवारले पाए लालपुर्जा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ ।दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ । स्थानीय वासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। ...