जातीय,भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय शक्ति हो : केपी ओली

काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिदै समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने दिवसका रूपमा विश्व आदिवासी दिवसको महत्व रहेको बताएका छन् ।
उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन् । आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप बलियो बनाउने उनको भनाइ छ । ओलीले नेपालको संविधानले सबै समुदायको समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताएका छन् । उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैलाई आह्वानसमेत गरेका छन् ।

छुटाउनुभयो कि ?

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

बुटवलनेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समि...
देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

देशभर मनसुनी र पश्चिमी वायु सक्रिय , कुन कुन प्रदेशमा हुनेछ अति भारी वर्षा ?

काठमाडौँहाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्...
नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

नेपालले न्युयोर्कमा आयोजना गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म -जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ कार्यक्रम

काठमाडौँजलवायु संकटको प्रभाव हिमालदेखि समुद्रसम्म जोडिएकाले यसको सामना गर्न सामूहिक र समन्वित प्रयास आवश्यक रहेको परराष्ट्रमन...
निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...