प्याब्सन बुटवलको अधिवेशन, गुणस्तरीय शिक्षाका लागि नगर प्रतिबद्ध छ: नगरप्रमुख पाण्डे
बुटवल
बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले शैक्षिक हब बन्दै गएको बुटवललाई थप गुणस्तरीय बनाउन नगर प्रतिबद्ध रहेको बताए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )बुटवल शाखाको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै पाण्डेले संस्थागत तथा सामुदायिक विद्यालय दुबैलाई थप प्रभावकारी बनाउनका लागि सहकार्य गर्दै आएको बताए।
उनले अध्ययन गरिसकेपछि रोजगारमा आबद्ध हुन सक्नेगरी र बढ्दो प्लायनलाई अवसर दिएर रोक्न आफू लागेको बताए। उनले बुटवलको विकासमा संस्थागत विद्यालयहरूको महत्त्वपूर्ण योगदान रहेको जनाउँदै प्याब्सनले बुटवलको गौशालाका लागि सहयाेग जस्तै ट्राफिक व्यवस्थापनमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने फिल्डमा उतार्न आवश्यक रहेको बताए ।उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासका हरेक गतिविधिहरुमा नगर लागिपरेको बताए ।उनले समय समयमा सरकारवाला र संस्थागत विद्यालय...








