गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान


गुरु पुर्णिमाको अवसर पारेर आज योग प्रशिक्षकहरुलाई सम्मान गरिएको छ । असार २६ गते बिहिवार  ( आज ) एक कार्यक्रमको बिच योग साधनास्थल देविनगरमा गुरुहरुलाई सम्मान गरिएको हो ।

बिगत लामो समय देखि फ्रि योग साधना द्धारा निशुल्क रुपमा संचालन गरिएको योगा तथा जुम्मा डान्स देविनगरका मुख्य प्रशिक्षक विष्णुमाया श्रेष्ठ,ठग बहादुर श्रेष्ठ त्यस्तै सहायक प्रशिक्षकहरु सरिता खड्का, सुमी राना, पिनिसा थापा, इन्द्र थापालाई सम्मान गरिएको योग प्रशिक्षार्थी पदम जि सी ले बताए ।

सम्मान कार्यक्रममा प्रशिक्षार्थी पदम जि सी, विष्णु उपाध्यय, जनक श्रेष्ठ, सन्तोष श्रेष्ठ, सरस्वती तिमल्सिना, लक्ष्मी पोखरेल लगायतले खर्चको व्यवस्थापन गर्दै सम्मान गरिएको जि सी ले जानकारी दिए ।  उनले यसरी दैनिक निशुल्क योग साधना गराएर हामिलाई स्वस्थ्य र निरोगी बन्न प्रेरित र सहयोग गर्ने प्रशिक्षक ( गुरुहरुलाई ) आज गुरु पुर्णिमाको दिनमा सम्मान गर्न पाउदा खुसि लागेको बताए  ।

हरेक दिन बिहान ५ देखि ६ बजेसम्म हुने फ्रि योग साधनामा दैनिक ५ देखि ६ सय जना जतिको सहभागिता रहने गर्दछ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...