शिक्षा

चाडपर्वमा सार्वजनिक यातायातले भाडामा कालोबजारी गरे कारबाही हुने

चाडपर्वमा सार्वजनिक यातायातले भाडामा कालोबजारी गरे कारबाही हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँचाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमिततालाई नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ ।यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै स्वीकृत भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।विभागले जारी गरेको सूचनामा चाडपर्वका बेला सार्वजनिक यातायातलाई सहजीकरण गर्न सरोकारवालाहरूसँगको सहभागितामा विभिन्न निर्णय भएको सर्वविदितै भए पनि पूर्ववत् निर्णय, स्वीकृत भाडादर र प्रचलित कानुनको प्रतिकूल हुने गरी बढी भाडा लिने, टिकटको कालोबजारी गर्ने तथा टिकट बिक्री वितरणमा असहजता सिर्जना गर्ने जस्ता गुनासो यात्रु तथा नागरिकस्तरमा बढेको उल्लेख गरेको छ। यी समस्याहरूलाई सम्बोधन गर्न विभागले सम्पूर्ण सरोकारवालाहरूलाई प्रचलित कानुन, स्वीकृत भाडादर तथा निर्णयबमोजिम मात्र टिकट काट्न, कटाउन र अनलाइन सम्बन्धी सेवालाई व्यवस्थित ग...
पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र

पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंअर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार (असोज १०) गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।मन्त्रिपरिषद्को आइतबार (असोज ५)को निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ ।“पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नु/गराउनु हुन र कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२/०६/१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरिएको...
आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा हुँदै

आज बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा हुँदै

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौंबडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ।दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। स्कन्दको अर्थ सनतकुमार रहेको छ। स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत...
देशका अधिकांश भागको मौसम सफा रहने

देशका अधिकांश भागको मौसम सफा रहने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । ...
पत्रकार महासङ्घद्वारा वर्तमान परिवेश चुनौती र समाधान विषयक अन्तरक्रियाः आत्मसमीक्षा र सत्कर्मले समाधान हुनेमा वक्ताहरूको जोड

पत्रकार महासङ्घद्वारा वर्तमान परिवेश चुनौती र समाधान विषयक अन्तरक्रियाः आत्मसमीक्षा र सत्कर्मले समाधान हुनेमा वक्ताहरूको जोड

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीनेपाल पत्रकार महासंघ रूपन्देही शाखाले आयोजना गरेको देशमा रहेको वर्तमान परिवेश ,चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले विगतमा भएका कमी कमजोरीको समीक्षा गरी हटाउँदै अबका दिनमा सबै आआफ्नो स्थानबाट सत्कर्ममा लागेमा परिणाम राम्रो आउने बताएका छन् । बिहीबार बुटबलमा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले इतिहासमा नसुनेको ,नदेखेको र नभोगेको अवस्था अहिले देखिएको र यसबाट उठेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन्। नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले विगतमा भएका कमी कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताए। पाण्डेले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको परिदृश्यहरू शंकास्पद रहेकोले समयक्रमसँगै सत्यतथ्य बाहिर आउनेमा आफूहरू विश्वस्त रहेको धारणा राखेका छन्...
मन्त्रिपरिषद् निर्णय विपरीत आफ्नै खर्चमा ३९ जनालाई चिन घुमाउँदै निगम

मन्त्रिपरिषद् निर्णय विपरीत आफ्नै खर्चमा ३९ जनालाई चिन घुमाउँदै निगम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनाको डफ्फा बोकेर चीनको ग्वान्झाउमा पहिलो उडान गर्ने भएको छ । आज बिहीबार राति १० बजे हुने उद्घाटन उडानमा निगमले पर्यटन मन्त्रालयका सचिव, सहसचिव, निगमका सञ्चालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकार तथा प्रभावशाली व्यक्ति भन्दै क्याप्टेन विजय लामासम्मलाई ग्वान्झाउ भ्रमण गराउने भएको हो । क्याबिन क्रुबाहेक ८ जनालाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउने भन्दै लान लागिएको छ ।निगमले ग्वान्झाउ लैजाने टोलीले चार दिनसम्म चीन भ्रमण गराउने छ । उनीहरू २९ तारिखमा नेपाल फर्कनेछन् ।सुशीला कार्की मन्त्रिपरिषद्ले ५ असोजमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा खर्च कटौती सम्बन्धमा गरेको निर्णयमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्था बाहेक विदेश भ्रमणमा रोक लगाउने भन्न...
नवरात्रकाे आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

नवरात्रकाे आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, “कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।”नवरात्रको पह...
आज यी प्रदेशमा वर्षाको सम्भावना बढी

आज यी प्रदेशमा वर्षाको सम्भावना बढी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ आज बिहीबार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति : देशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा देशका बाँकी पहाड भूभागको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। ...
माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)ले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने भएको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने, सोको संयोजन स्वयं अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।“पार्टीभित्र एकता कायम गर्न र वर्तमान परिस्थितिको मागअनुरूप केन्द्रीय समिति भङ्ग गरी अध्यक्षकै संयोजनमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ । साथै विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि गरिएको छ,” प्रवक्ता सापकोटाले बताए ।यससम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादी केन्द्रले यही असोज ...
भ्रष्टाचार आरोपी अध्यक्ष सम्पर्कविहीन, खतिवडा महिला आयोगको कार्यवाहक अध्यक्ष

भ्रष्टाचार आरोपी अध्यक्ष सम्पर्कविहीन, खतिवडा महिला आयोगको कार्यवाहक अध्यक्ष

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली जेष्ठ नागरिक भवन निर्माणमा संलग्न भ्रष्टाचार प्रकरणमा उच्च अदालतको निगरानीमा रहेकी बेला अचानक सम्पर्कविहीन भएकी छन् । यस्तो परिस्थितिमा आयोगको नेतृत्व रिक्त नहोस् भन्ने उद्देश्यले आयोगकी वरिष्ठ सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संवैधानिक र कानुनी प्रावधानअनुसार आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने निर्णय गरेकी छन् ।सदस्य खतिवडाले ‘राष्ट्रिय महिला आयोग ऐन, २०७४’ को परिच्छेद ४ को दफा २० बमोजिम तथा नेपालको संविधानको धारा १०१(६) अनुसार आयोगको अध्यक्ष पद खाली वा अनुपस्थित भएको अवस्थामा वरिष्ठ सदस्य कार्यवाहक अध्यक्षको रूपमा काम गर्ने स्पष्ट व्यवस्था भएको जनाएकी छन् । उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ, “अध्यक्ष आयोगमा उपस्थित नरहेका कारण, म वरिष्ठ सदस्यको हैसियतले नियमअनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछु ...