चाडपर्वमा सार्वजनिक यातायातले भाडामा कालोबजारी गरे कारबाही हुने


काठमाडौँ
चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातमा हुने अनियमिततालाई नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै स्वीकृत भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले जारी गरेको सूचनामा चाडपर्वका बेला सार्वजनिक यातायातलाई सहजीकरण गर्न सरोकारवालाहरूसँगको सहभागितामा विभिन्न निर्णय भएको सर्वविदितै भए पनि पूर्ववत् निर्णय, स्वीकृत भाडादर र प्रचलित कानुनको प्रतिकूल हुने गरी बढी भाडा लिने, टिकटको कालोबजारी गर्ने तथा टिकट बिक्री वितरणमा असहजता सिर्जना गर्ने जस्ता गुनासो यात्रु तथा नागरिकस्तरमा बढेको उल्लेख गरेको छ।

यी समस्याहरूलाई सम्बोधन गर्न विभागले सम्पूर्ण सरोकारवालाहरूलाई प्रचलित कानुन, स्वीकृत भाडादर तथा निर्णयबमोजिम मात्र टिकट काट्न, कटाउन र अनलाइन सम्बन्धी सेवालाई व्यवस्थित गर्न अनुरोध गरेको छ।

सूचनामा भनिएको छ,’अत्यावश्यक सार्वजनिक सेवालाई व्यवस्थित गर्ने सम्बन्धी प्रचलित कानुन, नेपाल सरकारद्वारा स्वीकृत भाडादर एवं चाडपर्वलक्षित सार्वजनिक यातायातलाई सहजीकरण गर्ने सम्बन्धी यस पूर्वका निर्णय विपरीत भाडा असुल गर्ने तथा टिकट कालोबजारी गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

विभागले यातायात सेवालाई व्यवस्थित बनाउन र यात्रुहरूलाई सहज यात्राको प्रत्याभूति गराउन यो कदम चालेको जनाएको छ।

छुटाउनुभयो कि ?

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्य...
फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

काठमाडौंअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुध...
युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

काठमाडौंयुक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाक...
बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक ...