पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र


काठमाडौं
अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार (असोज १०) गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।
मन्त्रिपरिषद्को आइतबार (असोज ५)को निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ ।
“पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नु/गराउनु हुन र कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२/०६/१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरिएको व्यहोरा जानकारी गराइन्छ,” अर्थ मन्त्रालयले भनेको छ ।

छुटाउनुभयो कि ?

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...
औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...