भ्रष्टाचार आरोपी अध्यक्ष सम्पर्कविहीन, खतिवडा महिला आयोगको कार्यवाहक अध्यक्ष


काठमाडौं

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली जेष्ठ नागरिक भवन निर्माणमा संलग्न भ्रष्टाचार प्रकरणमा उच्च अदालतको निगरानीमा रहेकी बेला अचानक सम्पर्कविहीन भएकी छन् । यस्तो परिस्थितिमा आयोगको नेतृत्व रिक्त नहोस् भन्ने उद्देश्यले आयोगकी वरिष्ठ सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संवैधानिक र कानुनी प्रावधानअनुसार आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने निर्णय गरेकी छन् ।
सदस्य खतिवडाले ‘राष्ट्रिय महिला आयोग ऐन, २०७४’ को परिच्छेद ४ को दफा २० बमोजिम तथा नेपालको संविधानको धारा १०१(६) अनुसार आयोगको अध्यक्ष पद खाली वा अनुपस्थित भएको अवस्थामा वरिष्ठ सदस्य कार्यवाहक अध्यक्षको रूपमा काम गर्ने स्पष्ट व्यवस्था भएको जनाएकी छन् ।

उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ, “अध्यक्ष आयोगमा उपस्थित नरहेका कारण, म वरिष्ठ सदस्यको हैसियतले नियमअनुसार कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछु ।”

भ्रष्टाचार मुद्दामा पराजुलीको भूमिकामाथि प्रश्न

अध्यक्ष पराजुलीविरुद्ध जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाइरहेको छ । पराजुली संकल्प नेपाल नामक संस्थाको अध्यक्ष रहँदा बिना भवन निर्माण ६ करोड रुपैयाँ मन्त्रालयबाट निकासा गरिएको थियो । सो प्रकरणमा उच्च अदालत पाटनले समेत अख्तियार र पराजुली दुवैबाट लिखित जवाफ माग गरिसकेको छ ।

२०७९ साल जेष्ठ २० गते दर्ता भएको सो मुद्दामा अदालतले २०७९ भदौ १ गतेभित्र अख्तियारलाई निर्देशनात्मक आदेश दिएको थियो । त्यस्तै उच्च अदालत पाटनले अध्यक्ष कमलाकुमारी पराजुली मुछिएको अनियमितता मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध कारण देखाउ आदेश जारी गरेको थियो ।

तर हालसम्म कुनै ठोस निष्कर्ष ननिस्किँदा र पराजुली सम्पर्कमा नआएपछि आयोगको नियमित कार्य सम्पादनमा समस्या उत्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...