पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च
काठमाडौंसन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ ।
डब्ल्यूएमओले बुधबार सार्वजनिक गरेको नयाँ विश्लेषणमा चेतावनी दिँदै भनेको छ- यो प्रवृत्तिले पृथ्वीको तापक्रम अझ बढ्ने दिशामा लैजाँदैछ ।आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०) अघि प्रकाशित रिपोर्टमा उल्लेख भएअनुसार मानव गतिविधिबाट हुने कार्बन उत्सर्जन, आगजनीका घटनाहरू लगायतका कारण १९६० को दशकको तुलनामा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर अहिले तीन गुणा बढी भइसकेको छ ।१९६० को दशकमा कार्बन डाइअक्साइडको वार्षिक वृद्धि दर प्रतिवर्ष औसत ०.८ पार्ट्स पर मिलियन (पीपीएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पीपीएम पुगेको थियो ।तर सन् २०२३ र २०२४ को बीचमा यो दर फेरि बढ्दै ३.५ पीपीएम पुगेको छ । यो सन् १९५७ देखि निगरानी थालिएयता अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ...







