दुई महिनामा ३ खर्ब ५२ अर्बको रेमिट्यान्स भित्रियो


काठमाडौँ

चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले वृद्धि भएको थियो ।

२०८२ सालको भदौ महिनामात्रै रु. १७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको भदौमा यो रकम रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १४.२ प्रतिशत थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय रु. ३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो आय रु. २८७ अर्ब ७६ करोड थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत—नयाँ) लिने नेपालीको संख्या ९० हजार १ सय ९८ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८ सय ८४ पुगेको छ । अघिल्लो वर्ष यो संख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ थियो ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...