नेपाल तेस्रो पटक विश्वकप खेल्ने


काठमाडौं

नेपाल तेस्रो पटक विश्वकप खेल्ने पक्का भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाएको हो।

सुपर सिक्सको खेलअन्तर्गत युएईले सामाओलाई पराजित गरेपछि नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो। नेपालले आज ओमानसँग अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।

ओमानको भूमिमा पुरानो इतिहास मेटाउँदै नेपालले अल अमेरतमा नेपाली क्रिकेटको एक नयाँ इतिहास लेखेको छ। सन् २०२४ मा १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको नेपालले लगातार दोस्रो पटक टी२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। उनै पारस नेतृत्वको क्यानले लगातार दोस्रो पटक आफ्नो पछिल्लो पुस्ताले विश्वकप खेलेको हेर्नेछ।

विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीले पछिल्लो केही महिनायता राम्रो तयारी गरिरहेको छ। नेपाली टिमले भारत प्रशिक्षण, अष्ट्रेलियाको टप एण्ड टी-२० सिरिज हुँदै ऐतिहासिक वेष्ट इन्डिजसँगको सिरिज खेल्यो। वेष्ट इन्डिज सिरिजमा २-१ ले सिरिज जित्दै युएईबाट सिधै ओमान पुगेको नेपाली टोलीले राम्रो लय समातेको छ।

पछिल्लो समयमा नेपाली क्रिकेटले स्वर्णिम समय बिताइरहेको छ भन्दा फरक पर्दैन। प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा दोस्रो पटक टी-२० विश्वकप खेलेको नेपाली क्रिकेट टोलीले हालः अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा तेस्रोपटक विश्वकप खेल्ने भएको छ।

प्रशिक्षक ल नेपालको प्रशिक्षक नियुक्त भएपछि उनको एउटा टिप्पणी निकै भाइरल भयो, ‘मलाई हारेको मन पर्दैन।’ सायद उनले अष्ट्रेलियन क्रिकेटबाट ल्याएको क्रिकेटिङ कल्चरको छबि उनको बोलीमा थियो। कम बोल्ने तर प्रशिक्षणमा खेलाडी छनोटदेखि मैदानमा उनको रणनीतिले नेपाली टोलीले हालः राम्रो इतिहास बनाइरहेको छ।

नेपाली टोलीले उनको नेतृत्वमा पहिलो पटक टेस्ट मान्यता पाएको राष्ट्रसँग सिरिज खेलेको थियो। त्यो सिरिजमा पनि नेपालले २-१ को जित उनको रणनीतिको गतिलो परीक्षा र परीक्षाको राम्रो नतिजा पनि थियो।

छुटाउनुभयो कि ?

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँइन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण दुई हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विष्फोटका कारण विमानस्थलले लगातार ...
कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्ध...