विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल


काठमाडौँ
नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।
त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज जापान र कतारबीच पनि खेल हुदैछ । यो खेल विहान ११: ४५ बजेदेखि हुदैछ भने अर्को खेल युएई र सामाओबीच दिउसो ४: १५ बजेदेखि खेल हुदैछ ।
नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ।

नेपालले यो खेलपछि शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ । विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...