शिक्षा

लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

लुटपाट ,तोडफोड र आगजनीमा संलग्न १३२ जना उपत्यका बाट पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी तथा लुटपाट गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन थालेको छ । आन्दोलन भएयता अहिलेसम्म उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर)बाट मात्रै १३२ जना व्यक्ति पक्राउ परेका छन् । कर्तव्य ज्यानदेखि लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मको कसुरका व्यक्तिहरू पक्राउ परेर कारबाहीको प्रक्रियामा रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म काठमाडौंबाट ९८ जना पक्राउ परेका छन् । विभिन्न कसुरका उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । उनका अनुसार अनुसन्धान सकेर अदालत पेश भएका मध्ये ६ जना त पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्यामा पक्राउ परेकाहरू छन् । २ जना भने आपराधिक उपद्रव कसुरका व्यक्ति रहेको एसपी ...
टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं संघीय संसद् सचिवालयका छ जना अधिकारीहरू दुई छुट्टाछुट्टै टोली बनाएर स्विट्जरल्याण्डको जेनेभा भ्रमणमा गएको विषय अर्थ मन्त्रालयको जानकारीमा आएको छ । गत असोज ३० गते राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५१औं सम्मेलनमा सहभागी हुन जेनेभा गएका थिए । उनीसँगै राष्ट्रिय सभाका सदस्य गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि सो भ्रमण टोलीमा सहभागी रहेका थिए । सोही कार्यक्रममा भाग लिन सचिवालयका कर्मचारीहरूको अर्को टोली पनि गठन गरिएको थियो । उक्त टोलीमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सचिव डा. रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्र रहेका छन् । दुवै टोली जेनेभा प्रस्थान गर्नु अघि सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले विज्ञप्ति जारी गर्दै भ्रमण सम्बन्धी जानकारी दिएका थिए । उक्त विज्ञप्तिमा राष्ट्रिय सभाका अध्यक्ष दाहाल र सदस्...
बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौँआर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३ सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ । आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्र...
तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

तिहार सकियो : शुरू भयो छठ पर्वको चहलपहल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाण्डौ यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराइमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । ...
आजको मौसम पुर्वानुमान: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम पुर्वानुमान: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।आज राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । ...
जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका

जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झना गर्दै काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ। जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको कार्यक्रम गरिएको हो।कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।
दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएका छन्। तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको जानकारी दिए।परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका...
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

Breaking news 1, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंयमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टर...
आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १४ पैसा र बिक्रीदर १०० रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपै...
३० दिनमा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा

३० दिनमा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमान्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा कुल ७ लाख ६१ हजार ४१४ यात्रुले सेवा लिएका तथ्यांक सार्वजनिक भएको छ । मुख्य चाडपर्व दशैं र तिहारको समयमा विमानस्थलमा यात्रु संख्या वृद्धि हुने प्रचलन रहेको छ । आन्तरिक उडानतर्फ ३ लाख २३ हजार १२ यात्रु सेवा लिएका छन् । यसमध्ये २ लाख ४ हजार ५८८ जना काठमाडौंबाट उडेका र १ लाख १८ हजार ४२४ जना काठमाडौं भित्रिएका छन् । यस महिनामा ४ हजार २०९ उडान काठमाडौंबाट भएका छन् भने ४ हजार २०८ जहाज अवतरण भएको तथ्यांक छ । कुल उडान र अवतरण संख्या ८ हजार ४१७ पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ, १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् भने २ लाख ४० हजार ३९४ यात्रु विदेशबाट नेपाल आएका छन् । यसरी कुल ४ लाख ३८ हजार ४०६ अन्तर्राष्ट्रिय यात्रु सेवा लिएका छन् ।यसबाहेक, २ हजार १३६ यात्रुले ट्रान्जिट सुविधा लिएका छन् । अन्तर्राष्ट्रिय उडानतर्...