टोली बनाएर विदेश गएका संसद्का ६ अधिकारीको विषय अर्थ मन्त्रालयको जानकारीमा


काठमाडौं

संघीय संसद् सचिवालयका छ जना अधिकारीहरू दुई छुट्टाछुट्टै टोली बनाएर स्विट्जरल्याण्डको जेनेभा भ्रमणमा गएको विषय अर्थ मन्त्रालयको जानकारीमा आएको छ ।

गत असोज ३० गते राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५१औं सम्मेलनमा सहभागी हुन जेनेभा गएका थिए । उनीसँगै राष्ट्रिय सभाका सदस्य गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) पनि सो भ्रमण टोलीमा सहभागी रहेका थिए ।

सोही कार्यक्रममा भाग लिन सचिवालयका कर्मचारीहरूको अर्को टोली पनि गठन गरिएको थियो । उक्त टोलीमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सचिव डा. रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्र रहेका छन् ।

दुवै टोली जेनेभा प्रस्थान गर्नु अघि सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले विज्ञप्ति जारी गर्दै भ्रमण सम्बन्धी जानकारी दिएका थिए । उक्त विज्ञप्तिमा राष्ट्रिय सभाका अध्यक्ष दाहाल र सदस्यद्वय आछामी र शाहको नाम उल्लेख भए पनि महासचिव पाण्डेयको नाम समावेश थिएन ।

तर, महासचिव पाण्डेयको नेतृत्वमा अर्को छुट्टै टोली बनेको हो भन्ने कुरा पछि खुलेको हो ।

अर्थ मन्त्रालयले यो घटनालाई जानकारीमा लिएको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयको पत्राचार पालना नभएको विषयमा तत्काल कुनै कारबाही नहुने भए पनि लेखा परीक्षणका क्रममा खर्चको विवरण स्वतः आउनेछ ।
मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्को निर्णय सबैले पालना गर्नुपर्ने कानुनी व्यवस्था छ । पालना नगरेमा सो खर्च लेखा परीक्षणमा बेरुजुका रूपमा देखिन सक्छ ।

सरकारले गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अधिकतम संख्या तोक्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले त्यस निर्णय कार्यान्वयनका लागि असोज ८ गते परिपत्र जारी गर्दै चालु खर्च घटाउन र मितव्ययी नीति अवलम्बन गर्न निर्देशन दिएको थियो ।

सो निर्णयअनुसार राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डलमा बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य भ्रमण टोलीमा बढीमा तीन जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

यही सीमा लागू भएपछि संसद्का छ जना अधिकारी एउटै टोलीमा विदेश भ्रमणमा जान नपाउने भएकाले दुई टोली बनाएर जेनेभा पठाइएको हो । अर्थ मन्त्रालयले अहिले फेरि खर्च कटौती र आर्थिक मितव्ययिता कायम गर्नेसम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको अवस्था र प्रगति विवरण माग्दै सबै सरकारी निकायहरूमा सर्कुलर पठाएको छ ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार असोजको अन्तिम साता पठाइएको उक्त सर्कुलरको प्रतिवेदन आएपछि सरकार र मन्त्रालयले त्यसका आधारमा आवश्यक निर्णय र नीति तय गर्नेछन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...