शिक्षा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ ।बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गन देशभरीका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्म...
कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको कुलमान निकट पार्टीका नेता जितराम लामाले जानकारी दिए‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने । उनका अनुसार तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए । उनले अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताए ।उनले उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जानकारी दिए । उनले पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने विषयमा सहमति भएको उल्लेख गरे । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्नेछ...
प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

प्रहरी वृत्त बानेश्वर आगजनी गर्ने र प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले सिराहा नगरपालिका वडा- ४ घर भइ हाल काठमाडौं-३१ आलोकनगर बस्ने २२ बर्षिय सेख सिद्धिकीलाई पक्राउ गरेको जानकारी दिएको छ ।उनको कोठा खानतलासी गर्दा ग्यास गनको २ वटा सेल बरामद गरी आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, कति छ त? बोनस र नगद

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवल शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरणको गर्ने घोषणा गरेको हो । अब उक्त लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्। ...
लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीमा रितु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
मिलन गाहाबुटवलरुपन्देहीको १७ औ साधारण सभा तथा नबौ अधिबेशनबाट रितु थापा घर्तीको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको छ ।सर्ब सम्मतीमा नेतृत्व चयन हुंदा प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीब दिपक दर्लामी मगर ,कोषधयक्षमा सागर खड्का,सह सचीब कृष्ण अर्याल, र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् ।कार्यसमीतीमा महीला खुल्ला सदस्य ४ खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । नया कार्यसमीतीका अध्यक्ष रितु थापाले आफु निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गर्दे बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नोबलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । समीतीमा केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर...
गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार (आज) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई...
साढे ३ अर्बमा खुल्यो बुटवलमा पाँचतारे हायात प्यालेस

साढे ३ अर्बमा खुल्यो बुटवलमा पाँचतारे हायात प्यालेस

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देहीको बुटवलमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अंगाडी बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो। सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन तथा सञ्चालनको लागि हायातसँग सम्झौता गरेको हो। होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी छ। लगानीकर्ताहरूको यो टिमले करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्स र बुटवल हस्पिटल प्रालिसँग सहकार्यमा सञ्चालन गरिरहेका छन्। प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले २५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी...
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने, दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने शिक्षा मन्त्री   पुनको चेतावनी

सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने, दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने शिक्षा मन्त्री पुनको चेतावनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंशिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका छन् ।आइतबार एक सूचनामार्फत मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताएका छन् ।‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं,’ पुनले भनेका छन् ।दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ(संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गर...
एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल बने संयोजक

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल बने संयोजक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंएकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको एक नेताले बताए । सो बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए । ...
अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य हुँदैन: प्रधानमन्त्री कार्की

अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य हुँदैन: प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छन्। राष्ट्रिय आर्थिक बहसमा निजी क्षेत्रलाई सम्बोधन गर्दै नाममा लुटतन्त्र स्वीकार्य नहुने बताइन्। इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनु नहुने उनको भनाइ छ।उनले भनिन्, ‘जेनजी आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरूले राज्यविहीनताको फाइदा उठाउँदै उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति हामीलाई अस्वीकार्य छ। उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहन्छु।’गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्यान्डेट दिएको भन्दै अब मुलुक यथास्थितिमा बस्न नसक्ने बताइन्।उनले थपिन्, अब आम युवा, आ...