राजनीति

देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं  प्रधानमन्त्री  केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्। नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए। उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे। अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए।  प्रधानमन्त्री ओलीले भने, ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो। कामकै लागि तीन मिलियन मान्छे बाहिर छन्। अरुले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो। चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक...
शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई देशका नागरिक मात्र नभई अन्य देशबाट समेत अध्ययनका लागि नेपाल आउने वातावरण बनाउन लागेको बताए। अनेरास्ववियु रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा सम्पन्न २०८१ मा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै पौडेलले शिक्षा जीवनको प्रमुख अङ्ग भएकाले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने बताए। उनले शिक्षालाई सबै नागरिकको पहुँचमा र सर्बसुलभ पुर्‍याउनेर नागरिकलाई शिक्षाको सुनिश्चितता गर्ने गरी अगाडि बढेको र धेरै कामहरु भएको बताए। शिक्षाका हरेक विधाहरु आफैमा उत्कृष्ट भएकाले विद्यार्थीहरुले आ- आफ्नो क्षमता र चाहना अनुसार छनोट गरी अध्ययन गर्न आग्रह गरे। उनले देशभरबाट ६२ प्रतिषत सफल भएको र जिल्लामा ८७ जनाले ४ जिपिए ल्याउन सफल हुनु राम्राे परिणाम भएको वताए ...
छातीमा सूर्यको ट्याटु खोपेकी लक्ष्मी बनिन् एमाले प्रदेश सदस्य

छातीमा सूर्यको ट्याटु खोपेकी लक्ष्मी बनिन् एमाले प्रदेश सदस्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा १६ जना नयाँ सदस्य मनोनीत भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ७ औँ पूर्ण बैठकले विभिन्न जिल्लाका १६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको हो । प्रदेश कमिटीमा युवाहरूलाई समावेश गरिएको छ । जसमा गायिका तथा मोडल लक्ष्मी आचार्य पनि परेकी छन् । उनी यसअघि एमालेको कुनै सङ्गठनमा नरहे पनि उनलाई प्रदेश कमिटी सदस्य बनाइएको हो । उनी विशेषगरि एमाले प्रदेश इन्चार्ज लेखराज भट्टसँग नजिक छन् । आचार्यलाई भट्टकै जोडबलमा केन्द्रीय सदस्य बनाइएको हो । गायिका आचार्यले सामाजिक सञ्जालमा भट्टसँग बनाएका टिकटक भिडिओहरू पनि चर्चामा छन् । यस्तै उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यको ट्याटु पनि छातीमा खोपेकी छन् । पार्टीमा कुनै योगदान नभएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै विरोध सुरु भएको छ । अनेरास्ववियुकी नेतृ रक्षा बमले आच...
एमालेलाई हराउँदै कान्ति माविमा गठबन्धन बिजयी

एमालेलाई हराउँदै कान्ति माविमा गठबन्धन बिजयी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाज, स्थानीय
बुटवल कान्ति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनको माध्यमबाट चयन भएको छ । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।  दुई दशकसम्म कान्तिको व्यवस्थापन समितिमा कब्जा जमाएको एमाले निकटका अभिभावक भने पराजित भएका छन् एमाले भने पराजित भएको छ । खुल्ला तर्फ विपक्षी गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी भएका छन् । उनले ५१४मत प्राप्त गरे ।  त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनमा पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् । यस्तै खुल्ला तर्फ ...
शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
पाल्पा  नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल पाल्पाको शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ´जनताको पढाइ र उपचारको खर्च निःशुल्क बनाउनुपर्छ`‚ उनले भने‚ ´स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ।’ स्थानीय तहले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई बढी महत्त्व दिनुपर्नेछ। निःशुल्क बनाउने अभियान सञ्चालन गर्नुपर्ने ज्ञवालीले बताए। शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सके भ्रष्टाचार रोकिन्छ। गरिब तथा विपन्न परिवारलाई राहत मिल्छ। पढ्न र उपचारमा खर्च गर्न नपरेपछि जीविकोपार्जनमा सहज हुने उनले बताए। आवश्यकताको आधारमा शिक्षालाई पूर्ण वा अर्ध भए पनि आवासीय बनाउने सुझाए। संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकासले फड्को मारेको उन...
कुलिङ पिरियडमा गडबडी : ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

कुलिङ पिरियडमा गडबडी : ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ। सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको छलफलले विशेष समिति बनाउने निर्णय गरेको  नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने विशेष समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन्। समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने मुख्य सचेतक बर्तौलाले जानकारी दिए । समितिमा रहने सदस्यहरूको नामावली सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गरिने बताइएको छ। संसद्को आगामी बैठकले समिति गठनको...
बजेटको पूरक प्रस्तावको अडानमा माओवादी, ३ बजेका लागि सारियो बागमती प्रदेशसभा बैठक

बजेटको पूरक प्रस्तावको अडानमा माओवादी, ३ बजेका लागि सारियो बागमती प्रदेशसभा बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बागमती प्रदेशसभा बैठक सञ्चालन गर्न प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग गरेका छन् । सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रममा छुटेका विषयहरू समेटेर पूरक प्रस्ताव संसदमा नल्याएसम्म बैठक चल्न नदिने माओवादी केन्द्रको अडान रहेको छ ।  माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसदमा बजेटको पूरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नसक्ने बताए । उनका अनुसार सरकारसँग शुक्रबारबाटै निरन्तर छलफल भइरहेको र सरकारलाई प्रतिपक्षको तर्फबाट सहमतिमा उल्लेख भएका विषयहरू कार्यान्वयन गर्न तथा बजेटको पूरक प्रस्ताव ल्याउन माग गरिएको हो ।  सरकारले प्रतिपक्षको मागका सन्दर्भमा सकारात्मक देखिएर आवश्यक प्रबन्धमा लागेको उनले बताए । यता सरकार भने माओवादी केन्द्रले माग गरे बमोजिमको विषय सम्बोधनमा लागेको मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार सं...
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार : अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति सम्भावना रहेको अर्थमन्त्री पौडेलले बताए । ‘राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने, स्वदेश र विदेशका निजी क्षेत्रलाई जाउँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसावले बजेट निर्म...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्ब...
रास्वपाको गृहमन्त्री राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत

रास्वपाको गृहमन्त्री राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ । विहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो ।  यसको साथै, बैठकले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौमिकतामाथि प्रहार भएको भन्दै यस्तो गतिविधिलाई अन्देखा नगरी, यस कार्यमा संलग्नहरुलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग पनि गरेको छ । बैठकले आगामी कार्तिक २७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको...