शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली


पाल्पा 

नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल पाल्पाको शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

´जनताको पढाइ र उपचारको खर्च निःशुल्क बनाउनुपर्छ`‚ उनले भने‚ ´स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ।’ स्थानीय तहले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई बढी महत्त्व दिनुपर्नेछ। निःशुल्क बनाउने अभियान सञ्चालन गर्नुपर्ने ज्ञवालीले बताए।

शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सके भ्रष्टाचार रोकिन्छ। गरिब तथा विपन्न परिवारलाई राहत मिल्छ। पढ्न र उपचारमा खर्च गर्न नपरेपछि जीविकोपार्जनमा सहज हुने उनले बताए। आवश्यकताको आधारमा शिक्षालाई पूर्ण वा अर्ध भए पनि आवासीय बनाउने सुझाए।

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकासले फड्को मारेको उनले दाबी गरे। ९७ प्रतिशत घरमा बिजुली‚ ९५ प्रतिशतभन्दा बढी जनताको घरमा खानेपानीको धारा र अधिकांश स्थानीय पालिकाको टोलटोलमा सडक पुगेको उनले बताए।

अहिले जनतालाई केही भएन भनेर निराशा बनाउने काम भएको उनले बताए। भए गरेका विकास निर्माणको सकारात्मक प्रचारप्रसार गर्न पत्रकारलाई आग्रह गरे।

ब्रेकिङ न्युजको हतारमा सत्य समाचार ओझेलमा परेको उनले बताए। सामाजिक सञ्जालको दुरुपयोगले जनता सत्य समाचारबाट वञ्चित हुनुपरेको छ। पत्रकारले यस्ता विषयमा विशेष ध्यान दिनुपर्ने ज्ञवालीले बताए।

अर्थतन्त्र संकटले सञ्चारजगत् पनि समस्यामा परेको बताउँदै उनले श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई सबल बनाउने काममा तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सांसद ठाकुर गैरे, नारायण आचार्य, प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारू, प्रदेश सांसद इन्द्राकुमारी गहतराज, नेकपा एमालेबाट निर्वाचित पाल्पाका स्थानीय तहका प्रतिनिधि, पार्टीका अध्यक्ष तथा प्रतिनिधि र प्रेस चौतारीका पदाधिकारी सहभागी थिए।

बैठकमा जिल्लाको समग्र विकास र चौतारीको आगामी कार्ययोजनाबारे छलफल भएको थियो।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...