शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली


पाल्पा 

नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल पाल्पाको शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

´जनताको पढाइ र उपचारको खर्च निःशुल्क बनाउनुपर्छ`‚ उनले भने‚ ´स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ।’ स्थानीय तहले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई बढी महत्त्व दिनुपर्नेछ। निःशुल्क बनाउने अभियान सञ्चालन गर्नुपर्ने ज्ञवालीले बताए।

शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सके भ्रष्टाचार रोकिन्छ। गरिब तथा विपन्न परिवारलाई राहत मिल्छ। पढ्न र उपचारमा खर्च गर्न नपरेपछि जीविकोपार्जनमा सहज हुने उनले बताए। आवश्यकताको आधारमा शिक्षालाई पूर्ण वा अर्ध भए पनि आवासीय बनाउने सुझाए।

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकासले फड्को मारेको उनले दाबी गरे। ९७ प्रतिशत घरमा बिजुली‚ ९५ प्रतिशतभन्दा बढी जनताको घरमा खानेपानीको धारा र अधिकांश स्थानीय पालिकाको टोलटोलमा सडक पुगेको उनले बताए।

अहिले जनतालाई केही भएन भनेर निराशा बनाउने काम भएको उनले बताए। भए गरेका विकास निर्माणको सकारात्मक प्रचारप्रसार गर्न पत्रकारलाई आग्रह गरे।

ब्रेकिङ न्युजको हतारमा सत्य समाचार ओझेलमा परेको उनले बताए। सामाजिक सञ्जालको दुरुपयोगले जनता सत्य समाचारबाट वञ्चित हुनुपरेको छ। पत्रकारले यस्ता विषयमा विशेष ध्यान दिनुपर्ने ज्ञवालीले बताए।

अर्थतन्त्र संकटले सञ्चारजगत् पनि समस्यामा परेको बताउँदै उनले श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई सबल बनाउने काममा तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सांसद ठाकुर गैरे, नारायण आचार्य, प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारू, प्रदेश सांसद इन्द्राकुमारी गहतराज, नेकपा एमालेबाट निर्वाचित पाल्पाका स्थानीय तहका प्रतिनिधि, पार्टीका अध्यक्ष तथा प्रतिनिधि र प्रेस चौतारीका पदाधिकारी सहभागी थिए।

बैठकमा जिल्लाको समग्र विकास र चौतारीको आगामी कार्ययोजनाबारे छलफल भएको थियो।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...