बजेटको पूरक प्रस्तावको अडानमा माओवादी, ३ बजेका लागि सारियो बागमती प्रदेशसभा बैठक


बागमती प्रदेशसभा बैठक सञ्चालन गर्न प्रतिपक्ष दलहरूले बजेटको पूरक प्रस्ताव माग गरेका छन् । सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रममा छुटेका विषयहरू समेटेर पूरक प्रस्ताव संसदमा नल्याएसम्म बैठक चल्न नदिने माओवादी केन्द्रको अडान रहेको छ । 

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसदमा बजेटको पूरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नसक्ने बताए । उनका अनुसार सरकारसँग शुक्रबारबाटै निरन्तर छलफल भइरहेको र सरकारलाई प्रतिपक्षको तर्फबाट सहमतिमा उल्लेख भएका विषयहरू कार्यान्वयन गर्न तथा बजेटको पूरक प्रस्ताव ल्याउन माग गरिएको हो । 

सरकारले प्रतिपक्षको मागका सन्दर्भमा सकारात्मक देखिएर आवश्यक प्रबन्धमा लागेको उनले बताए । यता सरकार भने माओवादी केन्द्रले माग गरे बमोजिमको विषय सम्बोधनमा लागेको मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार संसदमा दर्ता भएको सङ्कल्प प्रस्तावमा नै उक्त पूरक प्रस्ताव समावेश गर्ने विषयमा प्रक्रिया मिलाउन मुख्यमन्त्री लामा लागिरहेका छन् । 

सङ्कल्प प्रस्तावमा नै माओवादीले माग गरेका विषयहरू समेटेर बजेटको पूरक प्रस्ताव कार्यक्रम सहित राखेर पठाउने तयारी भइरहेको उनले बताए । उक्त सङ्कल्प प्रस्तावलाई संसद्ले पास गरेर सरकारलाई निर्देशन दिने र छुटेका कार्यक्रमहरू समेटेर कार्यान्वयनमा जाने गरी सरकारले तयारी गरेको उनले बताए ।

उता प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले भने संसद् चलाउने र प्रतिपक्षको मागका विषयमा तत्काल कुनै निष्कर्ष ननिस्किएको बताए । माओवादीले माग गरे अनुसार बजेटको पूरक प्रस्ताव ल्याउने सम्भावना नरहेको उनले प्रस्ट पारे । 

यसै बिच शनिवार दिउसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर ३ बजेसम्म सारिएको छ । 

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...