राजनीति

पारित भयो भन्सार विधेयक

पारित भयो भन्सार विधेयक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताए । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो । सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताए । प्रयाप्त जाँच उपकरणहरु राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा पनि उनले जोड दिए । सांसद गङ्गा कार्कीले व्यापार व्यवसाय गर्नेलाई परेका समस्या समाधान गर्न विधेयक सहयोगी हु...
प्रतिनिधिसभा बैठकमा यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभा बैठकमा यस्तो छ आजको कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।  मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । ...
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’  स्वीकृत

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ स्वीकृत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिदै सांसद प्रेमबहादुर आलेले पोखरा विमानस्थल दुर्दशाको कारण नियामक र सेवाप्रदायक एउटै व्यक्ति हुनु रहेको बताए । विसं २०८० साउन ९ गते क्यानको महानिर्देशकले धम्क्याएर ‘ग्राउण्डेड’ भएको जहाजलाई उडाएकाले दुर्घटना भएको उनले बताए । “पार्टीको दबाब सहन नसकेर अहिलेका महानिर्देशक म मन्त्री भएका बेला बनाएको हुँ, मैले कनिष्ठलाई नबनाऔँ भनेको थिएँ”, पूर्व नागरिक उड्डयन मन्त्रीसमेत रहेका सांसद आलेले भने । सांसद नागिना यादवले कर्मचारीका कमजोरी लुकाउने गरेकाले हवाइ दुर्घटना बढेको भनाइ राखिन । ऐन बनाएरमात्र नहुने र कार...
बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी: मुख्यमन्त्री आचार्य

बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिनुभयो । `सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ´मुख्यमन्त्री आचार्यले भन्नुभयो...
विश्वमा बढ्दै गएको युद्धको जोखिम बुद्धदर्शनले रोक्न सक्छ : प्रधानमन्त्री ओली

विश्वमा बढ्दै गएको युद्धको जोखिम बुद्धदर्शनले रोक्न सक्छ : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
लुम्बिनी  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको युद्धको जोखिमलाई बुद्धदर्शनले मात्रै रोक्न सक्ने बताएका छन्। उनले विश्वमा जल, थल र आकाशबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार  निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए। चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी बिकास कोष र सारिपुत्त फाउन्डेसन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियार चुनौती बनेको बताए। ‘खतरनाक हतियार निर्माण भइरहेको छ। विश्वशान्तिका लागि चुनौती हो’, प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, हतियार र युद्धले शान्ति स्थापना गर्न सक्दैन।’ प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका ...
प्रधानमन्त्री ओली शनिवार लुम्बिनी आउँदै

प्रधानमन्त्री ओली शनिवार लुम्बिनी आउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल प्रधानमन्त्री केपी शर्मा ओली शनिवार लुम्बिनी आउँदै छन्। लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनार उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउन लागेका हुन् लुम्बिनीमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना गरिएको हो। त्यसैको उद्घाटनको लागि प्रधानमन्त्री ओली विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत लुम्बिनी आउने र ११ बजे काठमाण्डौं फिर्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक महोत्सव कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् भने चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो। नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धन गर्नेे उद्देश्यसहित फेस्टिबल हुन लागेको हो। चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्रा...
देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री पौडेल

देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरुमा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानूनी आधार दिन विधेयक ल्याएको जानकारी दिएका हुन्  । उनले पूर्वधार क्षेत्र तथा परियोजनाको पहिचान, प्राथमिकीकरण, पूर्वाधारमा लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, वैदेशिक लगानी, विभिन्न वित्तीय उपकरणहरुको यथोचित प्रयोग, संस्थागत संरचना, अनुमगन तथा मूल्यांकन सम्बन्धी विषयहरुलाई समेट्ने गरी विधेयक आएको बताए । अर्थमन्त्री पौडेलले वैकल्पिक विक...
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको सपथ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने सिफारिस गरेका थिए । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। पन्त समानुपातिक सांसद हुन् । ...
संसद्‌मा ३२ विधेयक, दलहरूका छन् आ–आफ्नै नीति

संसद्‌मा ३२ विधेयक, दलहरूका छन् आ–आफ्नै नीति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । बजेट अधिवेशनको रूपमा लिइने बर्खे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी छ । संसद् सचिवालयका अनुसार हाल संघीय संसदमा ३२ वटा विधेयक छन् । २७ वटा विधेयक प्रतिनिधिसभामा विचाराधीन छन् भने ५ वटा विधेयक राष्ट्रिय सभामा छन् । ‘विधेयक अगाडि बढाउने गरी नै संसद्को क्यालेन्डर तयार हुन्छ,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने । बर्खे अधिवेशनको प्राथमिकता बजेट हो । तर, अधिवेशनको सुरुवात देखि नै विधेयकलाई समेत अगाडि बढाउने गरी क्यालेन्डर बनाउन सत्तारुढ दलहरूले संसद सचिवालयलाई सुझाएका छन् । यस आधारमा संसद् सचिवालयले क्यालेन्डरको मस्यौदा तयार पारेको छ । जसमा शुक्रबार संसद्‌मा दलीय आधारमा सम्बोधन गर्ने र एउटा विधेयक अगाडि बढाउने प्रस्तावित कार्यतालिका छ । त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक वै...
एमालेको आज काठमाडौंमा युवा महोत्सव

एमालेको आज काठमाडौंमा युवा महोत्सव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हुने आयोजकले जनाएको छ । कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहनेछन् । जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्नेछन । ‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नु हुनेछ, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन ...