जेनजीको माग, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त नेपाल
प्रवेश दाहालदाहाल जेन-जी आन्दोलनका प्रतिनिधि हुन् ।
भदौ २३ र २४ को जेन–जी विद्रोह असन्तुष्टिको विस्फोट मात्रै थिएन, त्यो हाम्रो पुस्ताले पुरानो प्रणालीलाई दिएको चुनौतीको अपूर्व क्षण थियो । भ्रष्टाचार, नातावाद, अवसरहीनता र विभेदले भरिएको समाजमा बस्नु हामीलाई स्वीकार्य थिएन । हामीले देखेका सहिदका सपना, घाइतेका बलिदान र आम नेपाली युवाको पीडाले नै यो विद्रोहलाई ऊर्जा दिएको हो ।हामी जेन–जी पुस्ता अब विद्रोहमा मात्रै सीमित रहन चाहँदैनौं । अब हाम्रो प्राथमिकता नयाँ नेपाल निर्माण हो । समृद्ध, पारदर्शी र आत्मनिर्भर नेपाल हाम्रो परिकल्पना हो । हामी शून्य भ्रष्टाचार, प्रत्यक्ष कार्यकारी नेतृत्व, रोजगारी सिर्जना, युवालाई अवसर, सामाजिक न्याय, प्रविधि–मैत्री विकास र उत्पादनमा आत्मनिर्भरता चाहन्छौं ।
हामीले चाहेको परिवर्तन नारामा मात्रै सीमित हुनेछैन । व्यवहारमा उतार्नुपर्ने ऐतिहासिक आवश्यकता ...







