एमाले महाधिवेशन : आजदेखि भृकुटीमण्डपमा बन्दसत्र


काठमाडौ
नेकपा एमालेको ११औँ महाधिवेशनको दोस्रो दिन आजदेखि बन्दसत्र शुरु हुने भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा एमालेको बन्दसत्र संचालन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुले मात्र भाग लिने छन् । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ ।
बन्दसत्र संचालनक लागि सबै पदाधिकारीको अध्यक्ष मण्डल गठन गरिएको छ । त्यस्तै बन्दसत्रबाट पारित गर्ने प्रस्तावको संयोजन गर्न उपमहासचिव प्रदिव ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको छ भने बन्दसत्रको माइन्यूटिङ गर्नका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।
नेतृत्व चयनमा प्रतिष्पर्धा:
सोमबारसम्म संचालन हुने यस महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने छ ।

एमालेको विधानले एक अध्यक्ष, ३ उपध्याक्ष एक महासचिव ३ उपमहासचित र ७ सचिवको व्यवस्था गरेको छ। नेतृत्व चयनमा अध्यक्षमा केपी शर्मा ओलीले एक पटक अझै अध्यक्ष बन्ने इच्छा देखाएका छन् । ओलीले अध्यक्षमा पुन: दाबी गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिने घोषणा गरिसकेका छन् । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको बताइएको छ भने उनलाई उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टसहित ६ जनाको समर्थन रहेको छ । १९ सदस्यीय एमालेको पदाधिकारीमा हाल टोपबहादुर रायमाझी निलम्बित रहेकाले १८ जना रहेका छन् । त्यस्तै ओलीको पक्षमा हालका १२ पदाधिकारी रहेका छन् ।

त्यस्तै एमालेमा संगठनको हिसाबले सबैभन्दा बलियो पद महासचिवलाई मानिन्छ । हाल शंकर पोखरेल महासचिव रहेका छन् । पोखरेल महासचिवमा दोहोरिन चाहेपनि उनलाई ओली पक्षकै नेताहरु प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले चुनौती दिइरहेको बुझिएको छ । ओली निकट नेताहरुका अनुसार यस पटक प्रदीप ज्ञवालीले महासचिवमा आफ्नो दाबि पेश गरेका छन् र उनले उपाध्यक्ष या उपमहासचिवमा नबस्ने सन्देश अध्यक्ष ओलीलाई स्पष्ट रुपमा दिएका छन् ।

त्यस्तै ईश्वर पोखरेल पक्षबाट महासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईले आफ्नो दाबि पेश गरेका छन् । तर ईश्वर पक्षले ओली पक्षको उम्मेदवार स्पष्ट भएपछि मात्र आफ्नो उम्मेदवार बाहिर ल्याउने रणनीति बनाएको बुझिएको छ । ईश्वर निकट नेताहरुले सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्ने सम्भावन बढी रहेको बताएका छन् । त्यस्तै यस पटक एमालेमा सचिव पदमा प्रतिष्पर्धा हुने देखिएको छ । ७ सचिवमा चार दर्जनभन्दा बढीको दाबेदारी रहेको छ । अहिले एमालेमा लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ र पदमा कुमारी अर्याल सचिव रहेका छन् ।
सचिव रहेका टोपबहादुर रायमाझी निलम्बित रहेका छन् । सचिव पदमा दाबि गर्ने प्रमुख नेताहरुमा महेश बस्नेत, गोकुल बास्कोटा, पदम गिरी, सुर्य थापा, खिमलाल भट्टराई, रामकुमारी झाँक्री, ठाकुर गैरे, माधव ढुंगेल, विशाल भट्टराई, राजन भट्टराई, भानुभक्त ढकाल, अग्नि खरेल, कर्ण थापा, शेरधन राई लगायत रहेका छन् । त्यसैगरी हाल सचिव रहेका रघुवीर महासेठ, पदमा अर्याल लगात उपमहासचिवमा बढुवाको इच्छा देखाएको बुझिएको छ ।

अहिलेसम्म सहमतिको सम्भावना नरहेकोले पदाधिकारीका सबै पदमा निर्वाचन हुने निश्चित देखिएको छ । सबै पदमा विधुतीय मतदान गर्न महाधिवेशनको निर्वाचन समितिले यस अघि नै तयारी पुरा गरिसकेको बताएको छ ।

छुटाउनुभयो कि ?

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

काठमाडौँरामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’सँगै विभिन्न सरका...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौंनेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक स...
अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाण्डौ - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा ...