गृहमन्त्रीले मसंग दुस्मनी लिइरहेका छन् : एमाले अध्यक्ष ओली
काठमाडाैँनेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि दुस्मनी लिएको आरोप लगाएका छन् ।
बुधवार जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरी क्षति पुर्याएको बालकोटस्थित आफ्नो निजी निवास अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले आन्दोलनका नाममा भएका अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही नगरी उल्टै पीडितमाथि अन्याय गरिरहेको आरोप लगाए ।
उनले भने, “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन, बरु पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । यस्तो कार्यले अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण भइरहेको छ ।”
ओलीले थपे, “सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ छैन । गृहमन्त्रीले टेलिभिजनमा दिएको...








