मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने
बुटवल
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फाल्गुन २१को निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला संगठन समिति रुपन्देही द्वारा सोमबार बुटवलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।पत्रकार सम्मेलनमा केन्द्रीय स्थायि समिति सदस्य कृष्णराज पौडेलले अहिलेको सरकार र यो सरकारले निर्वाचन गरि वन्ने सरकार देशको स्वाभिमान अनुरुपको नहुने र विदेशीको कठपुतली सरकार भएको र सोही अनुसार निर्वाचित हुने हुनाले आफ्नो पार्टीले सहभागिता नजनाउने वताएका छन्।जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
२०८२ साल भाद्र २३ गते जेन-जीहरूको शान्तिपूर्ण तथा न्यायपूर्ण आन्दोलनलाई देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले हिंसात्मक रूप दिएर त्यही पृष्ठभूमिमा नेपाललाई प्रतिगमनतर्फ धकेले। संसदीय व्यवस्थाका सरकार प्रमुख नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट र...








