गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते



गुल्मी
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी घटनास्थलमै ४ जनाको मृत्यु भएको थियो भने घाइतेमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय दिलीपकुमार बागले, वालिङ–१० निवासी ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।
दुर्घटनामा घाइते भएकामध्ये निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते छविलाल पाण्डेको सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

गोमता पाण्डेको पाल्पास्थित मिसन अस्पतालमा तथा बालकृष्ण सुवेदीको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी बिरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

दुर्घटनापछि प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले उद्धार गरेको थियो। प्रहरीका अनुसार घटना बारे थप विवरण संकलन भइरहेको छ।

छुटाउनुभयो कि ?

चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी

चीन भ्रमण सकेर स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी

बुटवलपूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना भएको ग्लोबल गभर्नेन्स् फोरममा सहभागी भएर आज स...
एनपीएल: उद्घाटनमा लुम्बिनीद्वारा सुदूरपश्चिमलाई सात विकेटले पराजित

एनपीएल: उद्घाटनमा लुम्बिनीद्वारा सुदूरपश्चिमलाई सात विकेटले पराजित

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ ।सोमबार सम्...
गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मीगुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ...
प्रधानमन्त्रीद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन

प्रधानमन्त्रीद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन् ।कीर्तिपुरस्थित त्रिभ...