राजनीति

रवि-बालेन वार्तामा अमरेश सिंहको आगमन , सुधनको हातमा चाबी

रवि-बालेन वार्तामा अमरेश सिंहको आगमन , सुधनको हातमा चाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच वार्ता भइरहेको स्थानमा डा अमरेशकुमार सिंह पुगेका छन् ।विघटित प्रतिनिधिसभामा स्वतन्त्र सांसद रहेका सिंह रवि(बालेन वार्ता भइरहेको स्थानमा पुगेका हुन् । उक्त वार्तास्थलबाहिर हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङ पनि रहेका छन् ।सुधनले रवि र बालेनलाई ताला लगाइदिएका छन् । उनले दुई नेताबीच सम्झौता नभएसम्म बाहिर निस्कन नदिने भन्दै हातमा चाबी बोकेका छन् । ...
ओलीका सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने

ओलीका सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ जेनजी आन्दोलनको तीन महिनापछि मंगलबार शीतलनिवासले प्रधानमन्त्री सुशीला कार्कीसित शीर्ष तीन नेताको भेट जुरायो। यो भेटमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मध्यस्थकर्ता जसरी प्रस्तुत हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले छोटो बोलेर टुंग्याए।तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने निकै आक्रोशित रूपमा प्रस्तुत भए। भेटको सुरुमा राष्ट्रपतिले विषय उठान गर्दै परिस्थितिको बारेमा बताए। अहिलेको अवस्थामा निर्वाचनको विकल्प नरहेको भन्दै त्यसैमा केन्द्रित हुन दलहरूलाई आग्रह गरे। ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो। यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ सचिवालयका अनुसार राष्ट्रपति पौडेलले छलफलमा भनेका थिए। त्यसपछि बोलेका प्रचण्डले सुरुमा सरकारले गरिरहेको ...
प्रतिनिधि सभा निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट माग

प्रतिनिधि सभा निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि चालु र पुँजीगत खर्चअन्तर्गत उक्त बजेट व्यवस्थापन गर्न लागिएको हो ।यसमध्ये आयोगका लागि अर्थ मन्त्रालयले ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ । गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छन् । दुवै मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने खर्चको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको हो । प्रस्तावित बजेटका सम्बन्धमा छलफल जारी रहेको अर्थ मन्त्रालयल...
प्रतिनिधि सभा निर्वाचनको सुरक्षा योजना तयार

प्रतिनिधि सभा निर्वाचनको सुरक्षा योजना तयार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ ।‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीबाट ७७ हजार ७७ जना प्रत्यक्ष रूपमा परिचालन हुने र थप अपुग जनशक्ति एक लाख ३६ हजार म्यादी प्रहरी भर्ना गर्ने गरी गृहकार्य भइरहेको बताउनुभयो । निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचनपछि गरी परिचालन हुने म्यादी प्रहरीक...
राष्ट्रपति र प्रधानमन्त्रीको तीन दलका शीर्ष नेतासँग छलफल,निर्वाचनको वातावरण बनाउन समझदारी

राष्ट्रपति र प्रधानमन्त्रीको तीन दलका शीर्ष नेतासँग छलफल,निर्वाचनको वातावरण बनाउन समझदारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्ष नेताबीच भएको छलफलमा फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने समझदारी भएको छ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ। ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो’, राष्ट्रपति पौडेलले छलफल भनेका थिए। राष्ट...
एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँएमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३ दशमलव ६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ ।यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३ दशमलव ६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।सम्झौ...
राष्ट्रपति पौडेलले ओली, देउवा र प्रचण्डसँगछलफल गर्दै

राष्ट्रपति पौडेलले ओली, देउवा र प्रचण्डसँगछलफल गर्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । उनी मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।राष्ट्रपतिको कार्यालयले मंगलबार आज दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ ।तर, राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन । ...
रवि र बालेनबीच भेटवार्ता

रवि र बालेनबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।दुई नेताबीच सोमबार भेटवार्ता भएको रास्वपा स्रोतले जनाएको छ। काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भेटवार्ता भएको हो। भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी छन्। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल जारी रहेको स्रोतको भनाई छ। शुक्रबार कारागारबाट निस्किएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्। उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्रबाट सुरु गरेका हुन्। ...
बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारका लागि "बा-आमासंग नगरप्रमुख निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार" कार्यक्रमको शुरुवात गरेको छ।सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १स्वास्थ्य केन्द्र , परोपकार भवनबाट शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरका सवै जेष्ठ नागरिक बा-आमाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच र उपचार गर्ने कामको शुरुवात गरेका छन्।उपमहानगर भित्रका १९ वटै वडाहरूका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारको लागि सिफारिस लगायतका पहल कदमी गरिरहनु परेको बताउंदै अब जेष्ठ नागरिकहरुलाई त्यो झन्झटबाट मुक्त गराई जेष्ठ नागरिकको सम्मान स्वरुप र सुखदुःखमा स्थानीय सरकार रहेको अनुभूति दिलाउन घर आँगनमै सेवा दिनेयोजनाको शुरुवात गरेको प्रतिवद्धता व्यक्त गरे।उक्त अभियान शुरुवातमा कठिन देखिएपनी बिस्तारै सामाजिक जनचेतनाले बुटवलका स्वास्थ्य केन्द्र, ...
मिराज ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप, निकोलस भुसाललगायत पक्राउ

मिराज ढुंगाना समुहको आन्दोलनमा प्रहरीको हस्तक्षेप, निकोलस भुसाललगायत पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँजेनजी अभियन्ता मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनमा सहभागी डा. निकोलस भुसाल लगायतलाई पक्राउ गरेको छ ।यसअघि प्रहरीले आन्दोलनका लागि उपस्थिति हुन थालेपछि अनुमति नलिएर आन्दोलन गर्न नपाइने भन्दै माइकिङ गरेको थियो । ढुंगाना समुहले आजको माइतीघरमा प्रदर्शन गर्न प्रशासनिक अनुमति नलिएकोले अनुमति नलिएर कार्यक्रम गर्न नपाइने प्रहरीले माइकिङ गरेर जानकारी दिएको थियो । ढुंगाना समुहले १० बुँदे मागसहित आन्दोलन सुरु गरेको छ । अहिले माइतीघरमा उपस्थित भएका युवाहरुले नाराबाजी गरिरहेका छन् भने प्रहरीले उनीहरुलाई हटाउने प्रयास शुरु गरेको छ । युवाहरुले सुशिला कार्कीको राजीनामा मागिरहेका छन् भने जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्नेहरुलाई कारवाहीको माग ...