रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका परे ३० उजुरी


रुपन्देही
रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० वटा उजुरी परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३० वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेका हुन्।

निर्वाचन कार्यालय आचारसंहिता अनुगमन समिति रुपन्देहीका अनुगमन अधिकृत मातृका आचार्यले निर्वाचन आचारसंहिता लागू भएदेखि माघ २६ गतेसम्म ३० वटा उजुरी प्राप्त भएको र ती उजुरीको सम्बोधन भइसकेको छ। उनले ३० वटा उजुरीमध्ये एउटामात्रै लिखित उजुरी निर्वाचन कार्यालयमा प्राप्त भएको बताए।
आचार्यका अनुसार, आचारसंहिता उल्लंघनका सबै उजुरी राजनीतिक दलका विरुद्धमा थिए। अधिकांश उजुरी चुनाबी पोष्टर ब्यानर टाँगेको, मतदाता जम्मा गरेर खाजा नास्ता खुवाएको, स्थानीय तहका जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गरेर उम्मेदवारको प्रचारप्रसारमा हिडेको, तोकिए भन्दा धेरै मानिसको प्रयोग गरेर प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरिएको र भारतीय गाडीको प्रयोग गरिएको जस्ता उजुरी थिए ।

निर्वाचन आचारसंहिताअनुसार फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म १५ दिनको अवधि तोकिएको छ।

निर्वाचन आयोगले सभा, जुलुस, कोणसभा, र्‍याली, माइकिङका माध्यमले चुनावी प्रचारप्रसारका लागि उक्त समय तोकेको हो।

निर्वाचन आचार-संहिताअनुसार फागुन ४ गतेअघि दलहरूले सभा, जुलुस, र्‍याली, कोणसभाजस्ता प्रचारप्रसार गर्न नपाउने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

‘निर्वाचन आचारसंहिताअनुसार नै दलहरूलाई प्रचारप्रसार गर्न तथा सभा, र्‍यालीजस्ता कार्यक्रम गर्न फागुन ४ देखि १८ गते छुट्याइएको हो,’ उनले भने। सो समयमा बाहेक अरु समयमा मतदाता भेला पारेर कार्यक्रम गर्न तथा भाषण गर्न नपाइने बताए।

निर्वाचन आचारसंहितामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न सकिने व्यवस्था छ।

त्यस अवधिमा दलहरूले जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको छ।

आचार संहिताअनुसार निर्वाचनको ४८ घन्टाअघि भने मौन अवधि लागु हुनेछ। त्यसअनुसार फागुन १९ र २० गते मौन अवधि लागु गरिएको छ।

आयोगका अनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको छ। अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागु हुने आयोगले प्रस्ट पारेको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...