राजनीति

सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै एमालेको आपत्ति, सामाजिक सञ्जाल नियमन गर्न माग

सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै एमालेको आपत्ति, सामाजिक सञ्जाल नियमन गर्न माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेले मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाएको छ।आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको भएपनि मत मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाए।उनले भने, ‘नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ। सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ। यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ।’ निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्...
निर्वाचनका निम्ति चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

निर्वाचनका निम्ति चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदान स्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ । साथै बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ । बैठकले जेनजी परिषद् गठन ...
मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ: केपी ओली

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ: केपी ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने दाबी गरेका छन् । सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू सरकारबाट बाहिरिएपछि देशमा विकास निर्माणका काम ठप्प हुने गरेको जिकिर गरे ।उनका अनुसार आफू नेतृत्वमा आउँदा तीव्र गतिमा काम अघि बढ्ने र त्यसबाट विरोधीहरू असहज हुने गर्छन् । ‘मैले काम गर्न थाल्छु । काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ । काम रोकिन्छ, काम बन्द हुन्छ । फेरि म आउनुपर्छ ।’ उनले थपे, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’ ...
उपेन्द्र यादवको प्रश्न : मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन कहाँ थिए ?

उपेन्द्र यादवको प्रश्न : मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन कहाँ थिए ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीजनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र शाह (बालेन) कहाँ हुनुहुन्यो भन्दै प्रश्न गरेका छन्। उनले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताए ।जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, ’उनले भने ।मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उनले दावी गरे । ‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन, ’अध्यक्ष यादव...
रुपन्देही आएर कुलमानले भने : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

रुपन्देही आएर कुलमानले भने : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई सरकार गठन गर्ने जनादेश प्राप्त भए अरूले दशकौँसम्म गर्न नसकेको काम एक वर्षभित्रै गरेर देखाउने दाबी गरेका छन् ।भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले देशको शासन सञ्चालन, प्रशासन व्यवस्थापन तथा विकासको स्पष्ट दृष्टिकोण आफ्नो पार्टीसँग रहेको बताए । उनले देशलाई समृद्धि र विकासको दिशामा अघि बढाउन उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।उनले राज्य सञ्चालनका लागि आवश्यक प्रशासनिक, राजनीतिक तथा नेतृत्व क्षमतासहितको टोली आफ्नो पार्टीसँग रहेको उल्लेख गर्दै अब मतदाताले नयाँ विकल्प रोज्ने समय आएको बताए । “हामीसँग ब्यूरोक्रेसी, राजनीति, मन्त्रालय र प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने क्षमता छ,” उनले भने, “अहिलेसम्म धेरै नेता र पार्टीलाई मतदान गरिसक्नुभएको छ, अब देशको भवि...
विष्णु पौडेलको चुनावी अभियान : गाली र विरोध नभई विकास योजनामै केन्द्रित

विष्णु पौडेलको चुनावी अभियान : गाली र विरोध नभई विकास योजनामै केन्द्रित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घरदैलो तथा जनतासँग भोटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । नेपाली राजनीतिमा सधै समन्वयकारी भूमिकामा रहने पौडेलले यस पटकको निर्वाचनमा पनि कुनै दल वा राजनीतिक विचारलाई गाली वा विरोध नगरी जनतासँग प्रत्येक्ष प्रभाव पार्ने बिकासका योजनाहरु बारे छलफल गर्दै मतदातासँगको भेटघाटलाई जारी राखेका छन् ।पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले रुपन्देहीमा अगाडि सारी निर्माण सम्पन्न भएका महत्वपूर्ण बिकास योजनाहरु र निर्माणाधिन योजनाहरु बारेनै उनले जनतासँग अन्तरक्रिया तथा सुझाव संकलनलाई जोड दिएका छन् । उनले गगाडि सारेका योजनाहरु रुपन्देही क्षेत्र नम्बर २ मात्रै नभई सिंगो रुपन्देही र मुलुकलाई नै सकारात्मक प्रभाव पार्न सक्ने खालका छन् ।उनले सार्वजनिक गरेका...
फागुन २०, २१ र २२ गते बिदाका लागि अयोगको सरकारलाई सिफारिस

फागुन २०, २१ र २२ गते बिदाका लागि अयोगको सरकारलाई सिफारिस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ। त्यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। आयोगले सिफारिस गरे अनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ। यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ। ‍‍यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ। ...
गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक उडान हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु सेवा निगमले यस अघि आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरि सातामा चार पटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलवार र शनिवार गरी सातामा तीन पटक मात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख मन थापाले जानकारी दिएका छन् । नेपाल वायुसेवा निगमका हाल तीन वटा मात्र ट्विनअटर जहाज रहेको र उक्त जहाजहरू समय समयमा मर्मत गर्नु पर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यस अघिको नियमित तालिकामा परिवर्तन गरेको थापाले बताए । बर्सादको समय, खराब मौसम र बाक्लो हुसुका कारण बाहेक पछिल्लो तीन महिना गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हव...
सहभागी दलहरु निर्वाचन अनुशासनको परिधिभित्र रहन आग्रह

सहभागी दलहरु निर्वाचन अनुशासनको परिधिभित्र रहन आग्रह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् ।निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् । उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने । उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए । ...
निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा शनिबार लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृत्तनाका पृत्तनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख सचिव काप्री र पृत्तनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए । अन्य सहभागीहरुले पनि आ–आफ्नो क्षेत्रको विवरण प्रस...