व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन : मुख्यमन्त्री आचार्य


बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुकको अर्थतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।
निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका गतिविधिका कारण व्यवसायी निरुत्साहित हुने अवस्था सिर्जना भएको मुख्यमन्त्री आचार्यले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड भएकाले त्यसको संरक्षण, प्रवर्द्धन र विकासमा प्रदेश सरकार सधैं साथमा रहने बताए ।

उनले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारले सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै उद्योगहरूको लाइन काटिएको विषयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप जटिल बन्ने अवस्था आउने बताए ।

सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको स्मरण गर्दै उनले व्यवसायीका समस्याबारे संघीय सरकारसँग निरन्तर संवाद गरिने जानकारी दिए ।

‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन । बदमासी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो व्यवसाय क्षेत्रलाई नै हतोत्साहित बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन’, मुख्यमन्त्री आचार्यले भने ।

उनले अहिले नै निजी क्षेत्र आर्थिक दबाबमा रहेको अवस्थामा थप धरपकडको वातावरण बने निजी क्षेत्र नै धरासायी हुने खतरा रहेको उल्लेख गरे । निजी क्षेत्रलाई चलायमान बनाउन नसकिए मुलुकको आर्थिक अवस्था अझ कमजोर बन्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले निजी क्षेत्रको लगानी वृद्धि र व्यवसाय प्रवर्द्धनका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

निजी क्षेत्रसँग छलफल गरेर योजना निर्माण गरिने बताउँदै उनले स्थानीय उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन र बजार सुनिश्चितताका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे ।

युवालाई उद्यमशीलतामा आकर्षित गर्ने तथा निजी क्षेत्रलाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रमसमेत प्रदेश सरकारले ल्याउने उनले बताए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...