राजनीति

अमेरिका-इरान वार्ता : पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुने

अमेरिका-इरान वार्ता : पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंअविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरुबीच स्वीटजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन् ।वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार वाशिङ्टनबाट प्रस्थान गरेको रोयटर्सले जनाएको छ । यसअघि जेडी भान्सको स्वीटजरल्याण्ड यात्रा अन्तिम समयमा रोकिएको समाचार सार्वजनिक भएको थियो ।तर रोयटर्स, बीबीसी जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले जेडी भान्स स्वीटजरल्याण्ड प्रस्थान गरेको उल्लेख गरेका छन् । इरानी अधिकारीहरु भने स्वीटजरल्याण्ड पुगिसकेका छन् ।जेडी भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायल र हेजबुल्लाहबीचको तनाव तथ...
सर्वोच्चको फैसला विपरीत सरकारले थप २१ उद्योगको लाइन काट्यो

सर्वोच्चको फैसला विपरीत सरकारले थप २१ उद्योगको लाइन काट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज
काठमाडौंऔद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरे पनि लिमिटेडले त्यसको कार्यान्वयन गर्नुको सट्टा तेस्रो दिन पनि २१ उद्योगको बिजुली र पानीको लाइन काटेको छ । देशभरि विभिन्न औद्योगिक क्षेत्र सञ्चालन गर्दै आएको व्यवस्थापन लिमिटेडले जग्गा भाडा विवादमा उद्योगहरूको पानी र बिजुलीको लाइन काटिरहेको छ ।सर्वोच्च अदालतले २०७९ सालपछि मात्रै बढेको भाडा असुल गर्न पाउने फैसला गरे पनि लिमिटेडले भने २०७५ सालदेखिकै भाडा तिर्न भन्दै उद्योगहरूलाई दबाब दिइरहेको हो ।सर्वोच्चले गरेको फैसलाविरुद्ध लिमिटेडले पुनरावलोकन निवेदन दिएको थियो । तर, बिहीबार उसको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सर्वोच्चको फैसलापछि अब लिमिटेडले २०७९ पछिको मात्रै बढेको भाडा उठाउन पाउँछ ।तर, सर्वोच्चको फैसला अनुरूप भाडा विवाद सच्याउनुको सट्टा उल्टै लाइन काट्ने क्रमलाई निरन्त...
एक दशकसम्मको कृषि अनुदानको छानबिन गर्न कार्यदल गठन

एक दशकसम्मको कृषि अनुदानको छानबिन गर्न कार्यदल गठन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकृषि, वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।कृषि मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् । सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ ।कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरुपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २५ प्रतिशत योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि बर्सेनि विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगतका वर्षहरूमा अनुदान रकम वास्तविक तथा सीमान्त...
राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँपार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ । भोलि (आइतबार) देखि सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने उनको भनाइ छ । ...
सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता विज्ञापन गरिएको भेटिए कारबाही गरिने समेत बोर्डले जनाएको छ । सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटो विज्ञापन उपर कारबाही प्रक्रिया अगाडि बढाउन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए ।सञ्चार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको हो ।बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार–प्र...
नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँविज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो पुँजीगत बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्न सुझाव दिए । ‘इनोभेटिभ आइडिया’ भएको जनशक्तिलाई सिर्जनात्मक कार्य गर्न उपयुक्त वातावरणसहितको स्रोतसाधन उपलब्ध गराउनु नै नवप्रवर्तन भएको बताउँदै मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेको धारणा व्यक्त गरे ।सरकारले औद्योगीकरण र अर्थतन्त्रमा सुधारमा जोड दिने बताउँदै उनले बजेटको एक प्रतिशत रकम विनियोजन अहिलेको लागि पर्याप्त रहेको विचार व्यक्त गरे । नवप्रवर्तन...
बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको ध्यानाकर्षण

बजेटको पुनरावलोकन गर्न रास्वपा सांसद मगरको ध्यानाकर्षण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् ।‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ । बजेटको पुनरावलोकन गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।साथै, उनले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताइन् ।‘इलामबाट बतासे हुँदै मदन भण्डारी राजमार्गमा जोडिने रोड, यसले गर्दा ५ सय घरधुरीलाई सहज हुन्छ । नभए उहाँहरुले दुई घण्टा पर गएर फिक्कल हुँदै आउनुपर्छ । तर ...
सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो । यस विषयमा उत्तर चाहिएको छ । सडक सुरक्षा विधेयक बनेको पाँचट वर्ष हुँदा पनि संसद्मा पेस गर्न सकेको छैन ।’यातायात मन्त्रालयको जिम्मेवारी घटाउने विषय उठिरहेको अवस्थामा यसलाई गम्भीर रूपमा लिनुपर्ने उ...
रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रुपन्देहीबाट पनि फिर्ता

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रुपन्देहीबाट पनि फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलरुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ। अदालतको यो निर्णयसँगै रविसहित जीवी राई र कुमार रम्तेललगायतका व्यक्तिहरू सहकारी ठगीबाहेकका अन्य अभियोगबाट मुक्त भएका छन्। सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दालाई भने यथावत् राख्दै पछि थपिएका दुई अभियोग फिर्ता लिने आदेश गरेको हो। रुपन्देहीका सरकारी वकिल कार्यालयका प्रमुख प्रकाश मरासिनीका अनुसार महान्याधिवक्ताको कार्यालयबाट प्राप्त परिपत्र र पर्याप्त प्रमाणको अभावमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरिएको हो। यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि लामिछानेविरुद्धका सहकारी ठगीबाहेकका अभियोग फिर्ता लिइसकेका छन्। हाल देशभरका ५ वटा अदालतमा...
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् ।प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष २०८२\०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।सरकारले आगामी वर्षको बजेटमार्फत प्रदेश संरचनाको सुदृढीकरण, संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय सुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकत...