राजनीति

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको ठहर

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको ठहर

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि शनिबार सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती ३४ पृष्ठमा उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलले सार्वजनिक गरेको पहिलो बुँदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको संख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपैयाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए ।यसैगरी उनले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी संगठन खारेजीलगायतका सु...
लुम्बिनी सरकारको हालसम्मकाे चालु बजेट खर्च जम्मा ४७ प्रतिशत

लुम्बिनी सरकारको हालसम्मकाे चालु बजेट खर्च जम्मा ४७ प्रतिशत

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म कूल बजेटको ४७.२० प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि रु ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोमा जेठसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो ।विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ५०.६७ प्रतिशत अर्थात सात अर्ब दुई करोड २० लाख ७५ हजार ८३ खर्च भएको छ भने विकास निर्माणसँग जोडिने पुँजीगत खर्चतर्फ ४४.९२ प्रतिशत अर्थात् रु १० अर्ब ५४ करोड २७ लाख छ हजार ५६५ खर्च भएको छ ।मन्त्रालयगत खर्च विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ । जसले आफ्नो रु चार अर्ब ९५ करोड २९ लाख ७३ हजारको कूल बजेटमध्ये ६२.७७ प्रतिशत खर्च गरिसकेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ५०.२६ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ४८.६६ प्रतिशत, ऊर्जा, जलस्रोत तथा...
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसंवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभा उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिइन् । सुब्बा पूर्वडीआईजी र वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । ...
‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत, सामाजिक सञ्जाल देखि एआइ मार्फत हुने विज्ञापन नियमन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त नीति स्वीकृत गरेको हाे । उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, ‘इन्फ्लुएन्सर मार्केटिङ’ तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबाट हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ ।सरकारले विज्ञापन बजारमा बढ्दो अन्तरराष्ट्रिय प्रतिस्पर्धा, बहुराष्ट्रिय कम्पनीको बढ्दाे प्रभाव, डिजिटल प्रविधिको तीव्र विस्तार तथा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नीति ल्याइएको जनाएको छ ।नीतिमा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, विज्ञापन क्षेत्रबाट रोजगारी सिर्जना, राजस्व वृद्धि, उपभोक्ताको अधिकार संरक...
बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका र आसपासका क्षेत्रमा पछिल्लो समय देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेजको समस्यालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ। कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा मँगलबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलका ध्यानाकर्षण पत्र बुझाउँदै पोखरेलले केही मिनेटको अन्तरालमा बारम्बार विद्युत जाने-आउने, न्यून भोल्टेज (डिम आउने) र भोल्टेज उतारचढाव हुने कारणले आम उपभोक्ता अत्यन्तै मारमा परेको उल्लेख गर् । यस प्रकारको समस्याले सर्वसाधारणको घरायासी जीवन, उद्योग-व्यवसाय, कार्यालय, अस्पताल, विद्यार्थीको अध्ययनका साथै विद्युतीय उपकरणहरूको सुरक्षामा समेत प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको र पछिल्ला दिनहरूमा उपभोक्ताहरूबाट व्यापक गुनासो उठे...
पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवा-मैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २८औँ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारणसभा-२०८३ को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानुनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै सरकार गम्भीर भएर समाधानतर्फ अग्रसर हुनुपर्ने धारणा राखे । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको होटल व्यवसायको इतिहास खोजी गरी त्यसको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुटवललाई केन्द्रमा राखेर पहाडी क्षेत्रसँग जोडिने पर्यटन प्याकेज विकास गर्न, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न तथा मौलिक पहिचान झल्किने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ...
सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिनु राष्ट्रघात

सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिनु राष्ट्रघात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
बुटवलसुस्ता बचाउ अभियानका अध्यक्ष आदम खांले प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले सुस्ताको भूमि अतिक्रमण गर्न भारतीय पक्ष उत्साहित भएको बताएका छन् । २०२९ सालदेखि सुस्तामा बस्दै आएका सुस्तावासीले अझै नागरिकता र लालपूर्जा नपाएको गुनासो गर्दै आएका छन् ।सुस्तामा रहेका ३ सय १५ घरधुरी मध्ये १ सय १५ घरधुरीका सदस्यले नागरिकता नपाएको सुस्ता बचाउन अभियानले बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाहाकै अभिव्यक्तिका कारण गत जेढ २९ गते बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपालीलाई आतंकित पारेको गुनासो गरे । अधिकारबिहन सुस्ताका सर्वसाधारण जनताले मात्रै नेपाली भूमि जोगाउन नसक्ने बताउंदै अध्यक्ष खांले भने – अहिलेसम्मका न सरकारको साथ पाईयो, नत कुनै प्रधानमन्त्रीको । नेपालीको भूमि र आफ्ना जनताको पक्षमा बोल्न नसक्ने सरकार र प्रधानमन्त्रीहरु भरतसंग झुक्दा हामी सुस...
नेपालका सच्चा र दुरदर्शी कम्युनिष्ट जननेता मदन भण्डारी

नेपालका सच्चा र दुरदर्शी कम्युनिष्ट जननेता मदन भण्डारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
बुटवलमदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका चट्टानहरूमा उफ्रिँदै, छेउँछाउमा बग्ने तमोर र मौवा खोलाका नागबेली परेका परिदृश्यहरूमा आँखा नचाउदै, लेकबेंसीहरूमा उकाली—ओराली गर्दै अनि लहलह हुने उत्तिस, चाँप र लालिगुराँसहरूका मनोरम दृश्यहरूमा हराउँदै र रमाउँदै आफ्नो बाल्यकाल बिताउनुभएको थियो । खेतीपाती मूलपेशा बनाएको परिवारका माहिला छोरा मदनले गुज्रदैको बाल्यकालमा जिन्दगीका कैंयौ कष्ट र कहरहरूलाई आत्मसात गर्नुभएको थियो भने ज्यान मात्र पाल्न गर्नुपर्ने कठोर श्रम र सङ्घर्षको खुला कितावलाई यहीँ अध्ययन गर्नुभएको थियो । छ ...
जेनजी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

जेनजी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले हिजो (शुक्रबार) मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन् ।अनुसन्धान प्रतिवेदन, निर्णय र त्यस सँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको बर्तौलाले जानकारी दिए ।आगजनी गर्ने, संवैधानिक अंगहरुलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको विषय उनले निवेदनमा उल्लेख गरेका छन् ।साथै, राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर १७७ भन्ने सार्वजनिक सञ्चार माध्यममा आएको निर्णय नं १७७ को सिफारिश खण्ड संग निर्णयको तथ्य खण्ड मे...
समाजवादी मोर्चामा भएकासँग छिट्टै एकता हुँदैछ: प्रचण्ड

समाजवादी मोर्चामा भएकासँग छिट्टै एकता हुँदैछ: प्रचण्ड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग अहिले पार्टी एकता नभए पनि संसद्, सडक र आगामी निर्वाचनमा कार्यगत एकता गरेर अघि बढ्ने स्पष्ट पारेका हुन्। संयोजक दाहालले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रिया तीव्र बनाइने र एमालेसँग कार्यगत सहकार्य गरिने जानकारी दिए। उनले भने, ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ। संसद्मा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश तथा स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ।’ संसद्मा एउटा सशक्त वामपन्थी शक्तिका रूपमा उपस्थित हुन यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ। आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको टिप्पणीलाई सामान्य रूपमा लिएका दाहालल...