समाजवादी मोर्चामा भएकासँग छिट्टै एकता हुँदैछ: प्रचण्ड



काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग अहिले पार्टी एकता नभए पनि संसद्, सडक र आगामी निर्वाचनमा कार्यगत एकता गरेर अघि बढ्ने स्पष्ट पारेका हुन्।

संयोजक दाहालले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रिया तीव्र बनाइने र एमालेसँग कार्यगत सहकार्य गरिने जानकारी दिए। उनले भने, ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ। संसद्मा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश तथा स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ।’ संसद्मा एउटा सशक्त वामपन्थी शक्तिका रूपमा उपस्थित हुन यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको टिप्पणीलाई सामान्य रूपमा लिएका दाहालले कार्यकर्ताहरूलाई साहसी भएर अघि बढ्न आग्रह गरे। आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको जिकिर गर्दै उनले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने चेतावनी दिए।

उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने,’हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ। महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्। नहिचकिचाइकन, नडराइकन र भ्रममा नपरीकन अगाडि आउनुहोस्। प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस्।’

छुटाउनुभयो कि ?

उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

बुटवलरूपन्देही उद्योग संघ र लुम्बिनी प्रदेशका सचिव स्तरीय टोलीबीच प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी अन्तरक्र...
तिलोत्तमामा सिद्धार्थनगरपालिकाको गाडी दुर्घटना, मेयर इश्तियाक घाइते

तिलोत्तमामा सिद्धार्थनगरपालिकाको गाडी दुर्घटना, मेयर इश्तियाक घाइते

बुटवलरुपन्देहीको तिलोत्तमामा सिद्धार्थनगर नगरपालिकाको गाडी दुर्घटना हुँदा सिद्दार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ घाइ...
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौंपत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ। न्यायाधीश ...
स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

बुटवलबुटवलका व्यस्त बजार, मुख्य सडक र आवासीय क्षेत्र आसपास पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या बढ्दो छ। बाहिरबाट हेर्दा...