सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिनु राष्ट्रघात



बुटवल
सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खांले प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले सुस्ताको भूमि अतिक्रमण गर्न भारतीय पक्ष उत्साहित भएको बताएका छन् ।

२०२९ सालदेखि सुस्तामा बस्दै आएका सुस्तावासीले अझै नागरिकता र लालपूर्जा नपाएको गुनासो गर्दै आएका छन् ।
सुस्तामा रहेका ३ सय १५ घरधुरी मध्ये १ सय १५ घरधुरीका सदस्यले नागरिकता नपाएको सुस्ता बचाउन अभियानले बताएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहाकै अभिव्यक्तिका कारण गत जेढ २९ गते बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपालीलाई आतंकित पारेको गुनासो गरे । अधिकारबिहन सुस्ताका सर्वसाधारण जनताले मात्रै नेपाली भूमि जोगाउन नसक्ने बताउंदै अध्यक्ष खांले भने – अहिलेसम्मका न सरकारको साथ पाईयो, नत कुनै प्रधानमन्त्रीको । नेपालीको भूमि र आफ्ना जनताको पक्षमा बोल्न नसक्ने सरकार र प्रधानमन्त्रीहरु भरतसंग झुक्दा हामी सुस्तावासीले जिन्दगीभर दुख् पायौ ।

सुस्ता बचाउ अभियनाले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष खांले सुस्तावासीलाई तत्काल नागरिकता र लालपूर्जा दिन सरकारसंग माग गरे ।
भारतीय पक्षबाट अतिक्रमणमा परेको पश्चिम नवलपरासीको सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्न नसकेको बताए ।

अहिलेसम्मका सरकारले भारतसंग कुटनीतिक पहल गर्न नसक्दा सुस्ताको भूमि जोगाउन नसकिएको गुनासो गर्दै अध्यक्ष खांले भने – अहिलेसम्मका सरकार र ति सरकारका प्रधानमन्त्रीहरु सुस्ताको विषयमा भारतसंग बोल्न नसकेर झुके ।
भारतले अतिक्रमण गरेको भूमि जोगाउन बर्षौदेखि हारगुहार गर्दापनि कुने सरकारले नसुनेको बताउंदै नेपाली भूमि जोगाउने दायित्व सरकारको पनि हामिले मात्रै नसक्ने बताउछन्, सुस्ता बचाउन अभियानका अभियान्ता लैला बेगम खां र रविन्द्र जयसवाल ।

सुस्ता बचाउन अभियानले आगमी साउन पहिलो सातादेखि काठमाण्डौको माइतिघर मण्डलामा बसने तयारी गरेको छ ।
सरकारी अभिलेख अनुसार सुस्ता क्षेत्रको करिब ४० हजार ९ सय ८० हेक्टर नेपाली भूमिमध्ये करिब ७ हजार हेक्टर क्षेत्रफल मात्र सुस्तावासी चोगचलन गर्दै आएका छन् ।

सरकारी अभिलेख अनुसार सुस्ताको नेपाली भूमि करिब ३३ हजार ९ सय ८० हेक्टर क्षेत्रफल भारतले जोतभोग गर्न नदिएर अतिक्रमण गरेको छ । यस मध्ये केही जमिन भारतले भारतीय किसानलाई जबरजस्त बितरण गरेको सुस्ता बचाउ युवा अभियानका केन्द्रिय संयोजक योगेन्द्र गौतमले बताए ।

सुस्तामा नेपाली २०२९ सालदेखि विधिवत रुपमा बसोवास गर्दै आएपनि अहिलेसम्म जग्गाको लालपूर्जा र नागरिकतासम्म नपाईएको सुस्ता संरक्षण सेनानी मुन्ना खांले बताए ।

छुटाउनुभयो कि ?

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

सि जिनपिङको विकास मोडल: वर्ग विभेदसंगै चिनियाँ विशेषतासहितको समाजवाद

श्रीराम ज्ञवालीचिनिका राष्ट्रपति सि जिनपिङको विकास मोडलमा चिनियाँ विशेषतासहितको समाजवादमा आधारित रहेर चीनलाई विश्वको विकसित र...
बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन

काठमाडौँअविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...
सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

सत्ताशिन दल रास्वपाकै झन्डै दुईतिहाइ सदस्य भएको प्रतिनिधिसभामा कोरम पुग्नै मुस्किल

काठमाडौँप्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ । सांसदको प्रमुख काम कानुन निर्माणकै लागि बसेको बैठक...
आजदेखि सोह्र श्राद्ध शुरुवात

आजदेखि सोह्र श्राद्ध शुरुवात

काठमाडौंप्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।आश्वि...