बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त
बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित) बाट वडाध्यक्षमा निर्वाचित भएका ढकाल पार्टी छाडेसँगै पदमुक्त भएका हुन् ।निर्वाचन आयोगले एक सूचना जारी गरी दल छाड्ने वडाध्यक्षसहित गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानबहादुर बुढा र पाहल्लीनन्द गाउँपालिका (नवलपरासी) की उपाध्यक्ष फातिमा खातुन पदमुक्त भएको जनाएको छ ।
...








