ताजा अपडेट

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

Breaking news 2, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो।बिहीबार उद्घाटन कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सभाका पुर्व सभासद कमलराज श्रेष्ठले कृषि जिवनको मुल आधार भएकाले संगै नेपाल कृषिप्रधान देश हुनाले कृषिमा ठूलो संभावना रहेको र गुल्मीमा पनि कृषिको राम्रो संभावना रहेकोले कृषिलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे।श्रेष्ठले कृषिलाई व्यावसायिक वनाउन सरकार, सरोकारवाला र कृषक लागेमा प्रगति हुने हुनाले सोही अनुसार अगाडि वढेको उल्लेख गरे।विभिन्न कृषि र पशुपालनबाट राम्रो गर्दै गरेको प्रदर्शनमा पर्दशन गरिएका उत्पादनबाट देखिएको वताए।रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वोल्दै पालिका उपाध्यक्ष मिनादेवी गौतमल...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य रहेकोमा ८१.७५ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।त्यस्तै पुस महिनाको लक्ष्य एक खर्ब ९० अर्ब ७७ करोड रहेकोमा एक खर्ब ७१ अर्ब ६३ करोड राजश्व संकलन भएको छ, जुन ८९.९६ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा पुस महिनामा एक खर्ब ६१ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो ।आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड संकलन भएको छ । यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो । ...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खा...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि गएराति नयाँ कार्यसमिति समिति घोषणा भएको हो । काठमाण्डौको भृकुटीमण्डपमा गएको आइतवारदेखि शुरू भएको विशेष महाधिवशेनबाट पार्टी सभापतिमा गगनकुमार थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । यस्तै पार्टीको सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा ...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले अनलाइनखबरसँग भनिन्, ‘यसलाई मुद्दा फिर्ता लिएको रुपमा बुझ्न हुँदैन उनले बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन् । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध
३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कारण विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ अध्याय थपिएको छ । २०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा देउवा सहमत नहुँदा पार्टी विभाजित भएको छ । विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन भएको यो घटना कांग्रेस जीवनमा नै नौलो छ । यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शम्शेरले नै महाधिवेश बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कांग्रेसको इतिहासमा यो दोस्रो महाधिवेशन हो । यो महाधिवेशन महाधिवेशन प्रत...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समितिले सोमबार अर्थमन्त्री समक्ष प्रतिवेदन बुझायो। पुनर्संरचनाभन्दा पनि नियामकले तोकेको तीन अर्ब रूपैयाँ चुक्ता पुँजी कसरी पुर्‍याउन सकिन्छ भन्ने दृष्टिकोण राखेर समितिले प्रतिवेदन बुझाएको छ। नेप्से निजीकरणको क्रममा सेयर बिक्री गर्ने विषयमा कुन प्रक्रियाबाट, कुन मूल्यमा र कसलाई गर्ने भनेर तोक्ने गरेरै प्रतिवेदन बनाउन अर्थमन्त्रीले निर्देशन दिएका थिए। तर, यसपटक पनि टालटुले पारामा प्रतिवेदन आएको भन्दै अर्थमन्त्री रामेश्वर खनाल असन्तुष्ट देखिएको स्रोतले बतायो। प्रतिवेदनले लगानीकर्ताको अपेक्षा अनुसार पुँजी बजार विकासको लागि समेत यसरी पुँजी वृद्धि गर्नुपर्ने भन्दै चार विकल्प प्रस्तुत गरेको छ। तर, पुँजी वृद्धि गर्नुअघि नेप्सेमा रणनीतिक साझेदारको विषय टुंगो लग...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा । भदौ २४ गते प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट नेपाली सेनाले रेस्क्यु नै गरेर बाहिर लैजानुपर्‍यो । त्यस दिन कांग्रेस सभापति देउवा र उनकी श्रीमती आरजु राणा बुढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमणमा परे ।पटक- पटक नेतृत्वमा बसेको तर शासकीय अभ्यासमा सुधार ल्याउन नसकेका व्यक्तिको रूपमा यी दुई पात्रमाथि नागरिक आक्रोश चुलिएको थियो । त्यसैले जेनजी आन्दोलनकारीको भौतिक आक्रमणको निशानामा देउवा परे ।जेनजी आन्दोलनले देउवा र ओलीलाई तत्कालीन शासकीय सत्ताबाट बहिर्गमन गरायो । यही बहिर्गमनपछि दुवै दल भित्र नेतृत्व परिवर्तनको बहस चलेको थियो । यो बहसमा दुवै दल भित्रका ‘जेनरेसन-एक्स’ पुस्ता अग्रपंक्तिमा थिए...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

Breaking news 2, ताजा अपडेट, विदेश, विविध, स्थानीय
थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् । सिखियो जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ । राज्य रेल्वे अफ थाइल्याण्डका अनुसार रेलमा १ सय ९५ जना यात्रु थिए । यद्यपि यो संख्या थपघट हुन सक्छ । थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री फिपात राचाकितप्रकर्नले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिनुभएको छ ।  ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने कार्यतालिका रहेकोमा कार्यतालिका परिवर्तन गर्दै मतदान आज मात्रै गर्ने भएको हो । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन् । क–कसका लागि ती फारम लगिएको हो भन्ने यकिन भने छैन । त्यस्तै पदाधिकारीको अरू पदका लागि पनि ३० वटा फारम लगिएको छ । सभापतिमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति  र महामन्त्रीका लागि समान २५ हजार रुपैयाँ शुल्क निर्धारण भएको छ । त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । मनोनयन दर्ता गर्दा दस्तुर बुझाउनुपर्नेछ । यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि चुनावी कार्...