ताजा अपडेट

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने,पहाडी तथा हिमाली भागमा मौसम सफा रहने

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने,पहाडी तथा हिमाली भागमा मौसम सफा रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ ।त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ ।महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । ...
९८ लाख सर्वसाधारण आबद्ध स्वास्थ्य बिमा बन्द हुने अवस्थामा

९८ लाख सर्वसाधारण आबद्ध स्वास्थ्य बिमा बन्द हुने अवस्थामा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँआश्वासन र प्रतिबद्धताको पोको बोकेर उम्मेदवारहरू घरदैलोमा पुगिरहेका बेला स्वास्थ्य बिमा कार्यक्रम भने बन्द हुने अवस्थामा छ । उपचारको १४ अर्ब रुपैयाँ भुक्तान हुन नसकेपछि कार्यक्रम नै संकटमा परेको हो । मुलुककै एक तिहाइ जनसंख्या आबद्ध भएको यो कार्यक्रम टिकाउने र विस्तार गर्ने विषयमा दलहरूले कुनै अवधारणा ल्याएका छैनन् । स्वास्थ्यमन्त्री डा. सुधा शर्माकै भनाइमा पनि बिमा कार्यक्रम बन्द हुने अवस्थामा छ । बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग भनिन्, ‘तत्काल १४ अर्ब बजेट नभए स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन्छ, अर्थ मन्त्रालयले रकम दिन नसक्ने भए कार्यक्रम बन्द गर्न अनुमति दिनुपर्‍यो ।’ उता अर्थ मन्त्रालयले पनि रकम निकासा गर्न नसकिने स्पष्ट सन्देश दिएको छ । ‘यही वर्ष पनि १० अर्ब दिइसकेका छौं, थप बजेट दिन सकिँदैन, बिमा कार्यक्रम सञ्चालनमा सुध...
लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

लुम्बिनी प्रदेशको स्थापना दिवसः संघीयताको बलियो आधारनै प्रदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बर्ताका छन् ।उनले लुम्बिनी प्रदेश संवेदनशीलसँगै राम्रो रहेको उल्लेख गर्दै अब कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा रहेको बताए । प्रदेशको नवौँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा आज राप्ती उपत्यका (देउखुरी) सम्पन्न मूल समारोह कार्यक्रममा उनले सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे ।उनले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उँचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । “खेतको फाँट जोगाउनुपर्छ, मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ”, उहाँले भन्नुभयो, “धान फल्ने फाँट जोगायौँ भने कोही भो...
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या बढी

समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या बढी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् । आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ ।आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो ।आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो । त्यसमा कर्जा सूचना केन्द...
रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

रुपन्देहीको पूर्वाधार विकासबाटै लगानीकर्ताको ध्यान केन्द्रीतः विष्णु पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीप्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्रमा पूर्वाधारमा भएको ठूलो लगानीले ठूला ठूला लगानीकर्ताको ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभामा रुपन्देही क्षेत्र नं २ को उम्मेदार पौडेलले देशका धेरै स्थानमा लगानीकर्ताहरु खुम्चिएको समयमा यो क्षेत्रमा स्वदेश तथा विदेशका लगानीकर्ताहरुको ध्यानाकर्षण यसैको मुख्य आधार भएको जनाएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमा क्षेत्रमा रहेका उद्योगीव्यवसायीहरुबीचको छलफलमा उनले भने–‘भौतिक पूर्वाधारको विकास भए स्वदेश तथा विदेशका लगानीकर्ताको सहजै ध्यान तान्नेछ भन्ने उदाहरण अहिले रुपन्देही हो, सेजको निर्माण भइसकेको छ, आइसीपी बनिरहेको छ, अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, सबैतिर चौडा बाटो छन्, पूर्वापश्चिमको बाटो बन्दैछ, यही आधारमा नयाँ लगानीकर्ता ढुक्क भएका हुन्’...
दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्ने कार्यविधि जारी गरेको छ ।आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ सोमबार लागू गरेको हो । कार्यविधिअनुसार उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचार-प्रसारका लागि आ-आफ्नै बेग्लै बैंक खाता खोल्नुपर्नेछ ।प्रचार खर्चसम्बन्धी सबै आर्थिक कारोबार नेपाली मुद्रामा गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै उम्मेदवारले प्राप्त गर्ने स्वैच्छिक आर्थिक सहयोग २५ हजार रुपैयाँभन्दा बढी भए अनिवार्य रूपमा बैंक खातामार्फत नै लिनुपर्ने उल्लेख छ ।कार्यविधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचलित कानुनबमोजिम निर्वाचन प्रचार–प्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको ...
मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा ...
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौआगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २१ माघ (बुधबार) देखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचनपूर्व सुरक्षा योजनाअनुसार नेपाली सेना सोही दिनदेखि फिल्ड गस्तीमा खटिनेछ।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुँदैछ। ‘हाम्रोतर्फको सम्पूर्ण तयारी पूरा भएको छ । २१ माघबाट निर्वाचन पूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ,’ सहायक रथी बस्नेतले भने।निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुनेछन् । आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुने बताइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेना...
भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।समीक्षा अवधिमा चालु खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। चालु आवको पुस म...
नेपालमा निपाह भाइरसको जोखिम कम भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा निपाह भाइरसको जोखिम कम भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र आव...