भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब


काठमाडौं
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालु खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। चालु आवको पुस महिनामा मात्रै एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ ।
त्यसैगरी विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल सरकारको कूल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ र राजस्व परिचालन ५७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिटेन्स:
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुससम्म)मा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ३९.१ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ६ महिनामा रेमिटेन्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । गत पुससम्ममा अमेरिकी डलरमा रेमिटेन्स ३२.३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
गएको ६ महिनामा २ लाख ६ हजार ८ सय ७ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ९४ हजार ७ सय ३३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ लाख ३० हजार ४ सय ३९ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र १ लाख ६२ हजार ६ सय २८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब नाघ्यो

गत पुस मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब साढे ३२ खर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा यो २१.१ प्रतिशतको वृद्धि हो । गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति पुससम्म बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो । त्यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति पुस मसान्तसम्म २२ अर्ब ४७ करोड पुगेको छ । गत असारको तुलनामा यो १५.२ प्रतिशतको वृद्धि हो । २०८२ असार मसान्तमा यस्तो सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड थियो । २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । यस वर्ष राष्ट्र बैंकले ७ महिनालाई आयात धान्न पुग्ने बराबर विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य तय गरेको थियो ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...