ताजा अपडेट

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका परे ३० उजुरी

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका परे ३० उजुरी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० वटा उजुरी परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३० वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेका हुन्। निर्वाचन कार्यालय आचारसंहिता अनुगमन समिति रुपन्देहीका अनुगमन अधिकृत मातृका आचार्यले निर्वाचन आचारसंहिता लागू भएदेखि माघ २६ गतेसम्म ३० वटा उजुरी प्राप्त भएको र ती उजुरीको सम्बोधन भइसकेको छ। उनले ३० वटा उजुरीमध्ये एउटामात्रै लिखित उजुरी निर्वाचन कार्यालयमा प्राप्त भएको बताए।आचार्यका अनुसार, आचारसंहिता उल्लंघनका सबै उजुरी राजनीतिक दलका विरुद्धमा थिए। अधिकांश उजुरी चुनाबी पोष्टर ब्यानर टाँगेको, मतदाता जम्मा गरेर खाजा नास्ता खुवाएको, स्थानीय तहका जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गरेर उम्मेदवारको प्रचारप्रसारमा हिडेको, तोकिए भन्दा धेरै मानिसको प्रयोग गरेर प्रचारप्...
कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।दाङ जिल्लाका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ अंक प्राप्त गर्दै दोस्रो स्थान नजिक देखिएको छ भने घोराहीले ६१.०८ अंक हासिल गरेको छ । धरान उपमहानगरपालिकाले भने ४९.७६ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।आयोगले स्थानीय तहको मूल्यांकनका लागि १७ वटा सूचक प्रयोग गरेको जनाएको छ । ती सूचकमा वित्तीय अनुशासन, बजेट व्यवस्थापन, राजस्व परिचालन, सामाजिक क्षेत्रका उपलब्धि र सूचना प्रविधिको प्रयोगजस्ता विषय समेटिएका छन् ।वित्तीय सूचकअन्तर्गत बजेट असारभित्र सार्वजनिक र पारित भए/नभएको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा...
देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन : प्रधानमन्त्री कार्की

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन : प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन्।हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आएकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् ।प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् ।उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।”उनले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन ...
बदलिएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बदलिएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलनेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उनको भनाइ छ । उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताए । काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल ...
राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद्को सिफारिसमा भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद्को सिफारिसमा भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी सूचनामा उक्त निर्णय तत्काल लागू हुने जनाइएको छ । ...
भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित

भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी रायमाझी तर्फका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन् ।मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्तको माग गर्दै रायमाझी र झाले दिएको निवेदन जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेपछि सो उपर उच्च अदालत पाटन गएका हुन् । पुस २५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० बमोजिम निवेदन दिएका हुन् ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ ९२० अन्त...
सन नेपाल लाईफ ईन्स्योरेन्सद्वारा मृत्यु दाबी ।।

सन नेपाल लाईफ ईन्स्योरेन्सद्वारा मृत्यु दाबी ।।

ताजा अपडेट, विविध, समाज, स्थानीय
सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्युदाबी भुक्तानी गरेको छ। सैनामैना–१०, झिमझिमिया, रुपन्देही निवासी नर बहादुर परियारले पञ्चज्योती स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट मृत्युदाबी भुक्तानी प्रदान गरिएको हो। परियारले सहकारी मार्फत रु ४ लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत गरिएको थियो। ऋणी परियारको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत ४ लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ दावी भुक्तानी उपलब्ध गराएको हो। बुधबार सैनामैना–१०, झिमझिमिया, मा सहकारीको आफ्नै भवनको हलमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका लुम्बिनी रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्री, कपिलवस्तु शाखा प्रमुख गीता गौतम तथा शाखाका कर्मचारी तिलक बञ्जाडेले सो ...
टी-२० विश्वकप : इटालीसँग भिड्दै नेपाल

टी-२० विश्वकप : इटालीसँग भिड्दै नेपाल

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तरगत समूह 'सी' मा रहेको नेपालले आज एशोसिएट राष्ट्र इटालीसँग प्रतिस्पर्धा गर्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।त्यस कारण सुपर-८ मा पुग्ने आफ्नो सम्भावनालाई कायम राख्न दुबै टोली "गर या मर"को रुपमा यो खेललाई लिने छन् । यो खेल भारतको वाङ्खेडे रंगशालामा नेपाली समय अनुसार दिउँसो ३.१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डसँग जितको नजिक पुगेर पराजित भएपछि नेपाली टोलीले विश्वभरबाट प्रशंसा पाइरहेको छ । उक्त खेलबाट प्राप्त अनुभव र आत्मविश्वासलाई प्रयोग गर्दै आजको खेलमा जित दर्ता गर्ने कप्तान रोहित पौडेले बताएका छन् । इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको उनले बताएका थिए । त्यही सिकाइका साथ अझ परिपक्क हुँदै ने...
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्

स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंस्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए । बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावध...
निर्वाचन आचारसंहिता: उम्मेदवारले के गर्ने, के नगर्ने ?

निर्वाचन आचारसंहिता: उम्मेदवारले के गर्ने, के नगर्ने ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को जारी गरी लागू गरेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । दफा नम्बर १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशास...