कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो


बुटवल
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।
दाङ जिल्लाका दुई उपमहानगरपालिकामध्ये तुल्सीपुरले ६१.५३ अंक प्राप्त गर्दै दोस्रो स्थान नजिक देखिएको छ भने घोराहीले ६१.०८ अंक हासिल गरेको छ । धरान उपमहानगरपालिकाले भने ४९.७६ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।
आयोगले स्थानीय तहको मूल्यांकनका लागि १७ वटा सूचक प्रयोग गरेको जनाएको छ । ती सूचकमा वित्तीय अनुशासन, बजेट व्यवस्थापन, राजस्व परिचालन, सामाजिक क्षेत्रका उपलब्धि र सूचना प्रविधिको प्रयोगजस्ता विषय समेटिएका छन् ।
वित्तीय सूचकअन्तर्गत बजेट असारभित्र सार्वजनिक र पारित भए/नभएको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरिए/नगरिएको जस्ता विषय समावेश छन् ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरेको/नगरेको, राजस्व परिचालनको अवस्था, बजेट खर्च, बेरुजुको स्थिति र ‘सूत्र’ सफ्टवेयरको प्रयोगलाई पनि मूल्यांकनको आधार बनाइएको छ ।

शिक्षा र स्वास्थ्यसँग सम्बन्धित सूचकहरू पनि मूल्यांकनमा समेटिएका छन् । विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, एसइई परीक्षा नतिजा, गर्भ जाँच गर्ने महिलाको अनुपात तथा खोप लगाएका बालबालिकाको अनुपातलाई समेत अंक निर्धारणको आधार बनाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभरि ८० अंकभन्दा बढी ल्याउने स्थानीय तह चार वटा मात्र रहेका छन् । तीमध्ये अधिकांश पश्चिम नेपाल क्षेत्रका रहेका छन् ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...