ताजा अपडेट

प्रतिनिधिसभा बैठक : मन्त्रीहरुले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची

प्रतिनिधिसभा बैठक : मन्त्रीहरुले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसंघीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्ने छिन् । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै छन् । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गर...
इरानसँगको वार्तामा अवरोध गरे ओमानमा बम हान्ने ट्रम्पको धम्की

इरानसँगको वार्तामा अवरोध गरे ओमानमा बम हान्ने ट्रम्पको धम्की

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका हुन् । ट्रम्पले भनेका थिए, ‘यदि ओमानले अवरोध गर्‍यो भने हामी उनीहरूलाई नराम्ररी बमबारी गर्नेछौँ ।’ट्रम्पको यस्तो अभिव्यक्ति आउनुभन्दा केही घण्टाअघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य)बाट पानीजहाज आवतजावत गराउने विषयमा सहमति नजिक पुगेको जनाएको थियो ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दुवै देशबीच जहाज पार गर्ने मार्गको नक्साबारे समझदारी बनेको बताएका थिए । उनका अनुसार संयुक्त वक्तव्य जारी गर्नुअघि बाँकी विवरणलाई अन्तिम रूप दिइनेछ ।ओमानले यसअघि इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आएको थियो ।...
रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुविकुमारी ठाकुरको जाहेरी

रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुविकुमारी ठाकुरको जाहेरी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतको आदेशपछि रिहा भएकै दिन पत्रकार तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको छ। उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्।उपसभामुख ठाकुरले जनआस्थाको फेसबुक पेज तथा अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत तस्बिर प्रयोग गरी चरित्र, प्रतिष्ठा, सामाजिक मर्यादा र संवैधानिक पदको गरिमामा आँच पुर्‍याउने उद्देश्यले भ्रामक, असत्य र निन्दनीय सामग्री प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाएकी छन्। जाहेरीमा प्रकाशित सामग्रीका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गम्भीर असर परेको उल्लेख गरिएको छ। समाचारमा आफूसँग जोडेर उल्लेख गरिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको ठाकुरको दाबी छ। उक्त व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको आशयको समाचार प्रकाशन गरेर आफ्नो चरित्र हत्या तथा बेइज्जती गर्ने प्रयास गर...
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यद्वारा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका छन्। प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थाप...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन । प्रदेश सभा सचिवालयले आज सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो । सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने छन । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नेछन । मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्ले...
आज नाग पञ्चमी पर्व मनाईदै, यस्तो छ धार्मिक मान्यता

आज नाग पञ्चमी पर्व मनाईदै, यस्तो छ धार्मिक मान्यता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँश्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको...
आजदेखि पायकपर्ने बिक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह

आजदेखि पायकपर्ने बिक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंनेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ । निगमले आज सूचना जारी गर्दै आफूलाई पायकपर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो । निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ः०० बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ ।ग्यास बिक्रेता/वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रुपमा सम्बन्धित उद्योग र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने छ । अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा रा...
गुल्मी बम्घावासीका लागि रुपन्देहीमै सरकारी सेवा, सम्पर्क समाजको संयोजनमा घुम्ती शिविरबाट ८१ जनाले लिए सेवा

गुल्मी बम्घावासीका लागि रुपन्देहीमै सरकारी सेवा, सम्पर्क समाजको संयोजनमा घुम्ती शिविरबाट ८१ जनाले लिए सेवा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा बसोबास गर्दै आएका साविक बम्घाका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। शिविरमार्फत ज्येष्ठ नागरिकसहित ८१ जना सेवाग्राहीले विभिन्न सरकारी सेवा लिएका छन्। रुरुक्षेत्र गाउँपालिका–५ नं. वडा कार्यालयको आयोजना तथा गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजको समन्वय र सहकार्यमा तथा तिलोत्तमा नगरपालिका–१ नं. वडा कार्यालयको स्थान सहयोगमा शनिबार तिलोत्तमा–१, ड्राइभरटोलस्थित वडा कार्यालयमा एकदिने शिविर सञ्चालन गरिएको हो। शिविरमा साविक बम्घा क्षेत्रबाट रुपन्देहीमा बसोबास गर्दै आएका ५६ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका थिए। यस्तै, २५ जना सेवाग्राहीले जन्मदर्ता, मृत्युदर्ता, विभिन्न सिफारिसलगायतका प्रशासनिक सेवा लिएका थिए। सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अन्य सरकारी काम...
सोमबारदेखि म्यानपावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने, श्रमिक पठाउन बन्द

सोमबारदेखि म्यानपावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने, श्रमिक पठाउन बन्द

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंम्यानपावर व्यवसायीले भोलि (१ भदौदेखि) श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन् । सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावरहरूले श्रमिक नै पठाउन बन्द गर्ने भएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै भोलि सोमबारदेखि देशभरिका म्यानपावर व्यवसायीका कार्यालय बन्द गर्ने जनाएको हो ।संघ अध्यक्ष डिकबहादुर खत्रीले सम्पूर्ण म्यानपावर व्यवसायीले पूर्वनिर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताए ।संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेक...
जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका दुई सयलाई सुरक्षित स्थानमा सारियो

जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका दुई सयलाई सुरक्षित स्थानमा सारियो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँअविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका २०० जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । जोखिममा रहेका स्थानीयवासीलाई रिसाङस्थित त्रिभुवन आधारभुत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ । स्थानीयवासीको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ । टोलीले जोखिममा रहेका नागरिकको उद्धार, स्थानान्तरण तथा आवश्यक सुरक्षा व्यवस्थामा निरन्तर काम गरिरहेको छ । पहिरोको जोखिममा रहेका विभिन्न स्थानबाट उद्धार तथा स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन् । यसरी विभिन्न स्थानबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी बासको व...