जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका दुई सयलाई सुरक्षित स्थानमा सारियो


काठमाडौँ
अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका २०० जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

जोखिममा रहेका स्थानीयवासीलाई रिसाङस्थित त्रिभुवन आधारभुत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ । स्थानीयवासीको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ । टोलीले जोखिममा रहेका नागरिकको उद्धार, स्थानान्तरण तथा आवश्यक सुरक्षा व्यवस्थामा निरन्तर काम गरिरहेको छ ।

पहिरोको जोखिममा रहेका विभिन्न स्थानबाट उद्धार तथा स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन् । यसरी विभिन्न स्थानबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी बासको व्यवस्था गरिएको हो ।
अविरल वर्षा जारी रहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढाइएको छ। जोखिमको अवस्था हेरी थप नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ ।

छुटाउनुभयो कि ?

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको ...
सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

बुटवलनारायणी नदीमा कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जो...
जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

काठमाडौँजेनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने–नसकिनेबारे अध्ययन गर्न गठित समितिले २४ भदौको विध्...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौंअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक...