ताजा अपडेट

दार्चुलामा दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

दार्चुलामा दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२१ फागुन, दार्चुला । जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् ।  यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे । गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए । उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेक...

देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए । ...
निर्वाचन सुरक्षा चुस्त, मतदान गर्न हुनुस् ढुक्क

निर्वाचन सुरक्षा चुस्त, मतदान गर्न हुनुस् ढुक्क

Breaking news 2, ताजा अपडेट, समाचार
२० फागुन, काठमाडौं । भोलि (बिहीबार) हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन गराउन ७७ वटा जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू पुगेर गस्ती, पेट्रोलिङ गरिरहेका छन् । नेपाली सेनादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीहरू देशभरका मतदान स्थलहरूमा पुगिसकेका छन् । एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार अहिले सुरक्षाकर्मीहरू खटिएर ड्यूटी गरिरहेका छन् । यही कार्ययोजना अनुसार नेपाली सेनाले अहिले काम गरिरहेको छ । तोकिएकै मिति २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन होला/नहोला भन्ने दुविधा र आशंकाहरू गर्नेहरूको संख्या पनि बाक्लो थियो । यसरी आशंका गर्ने र निर्वाचन बिथोल्न खोज्ने समूहलाई पराजित गर्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । सुरक्षाकर्मीदेखि, ...
प्रतिनिधि सभा निर्वाचन आज, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

प्रतिनिधि सभा निर्वाचन आज, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२१ फागुन, काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो ।आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

Breaking news 1, ताजा अपडेट, राजनीति, विदेश, समाचार, स्थानीय
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्था तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना संकलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो  परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना संकलन गरिनेछ । विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् । रासस ...
गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार

गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार पारिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा छुट्टा–छुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको हो ।क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ ।क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पस को हलमा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहे ले बताए ।मतगणकहरूलाई जालीभित्र राखेर सीसीटिभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ ।मतगणनामा सहभागी उम्मेदवारका प्रतिनिधिहरूलाई जाली बाहिरबाट बस्न र प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् ।तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् । ...
आकासियो तेलको मूल्य, भारतको आपूर्ति शृङ्खला बिग्रिए नेपालमा के हुन्छ ?

आकासियो तेलको मूल्य, भारतको आपूर्ति शृङ्खला बिग्रिए नेपालमा के हुन्छ ?

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
 अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीपछि विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र इरानका आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ । घटनाको ४८ घण्टा नबित्दै यसको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा बजारमा देखिन थालेको छ, जसले नेपाल र भारतजस्ता तेल आयातमा निर्भर देशहरूको अर्थतन्त्र झकझक्याउने संकेत गरेको छ । युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ । केही दिनअघिसम्म प्रतिब्यारेल ७२ अमेरिकी डलर हाराहारी रहेको ब्रेन्ट क्रुडको मूल्य ह्वात्तै बढेर ८४ डलर बिन्दु नजिक पुगेको छ भने अमेरिकी डब्लूटीआई क्रूड पनि ७७ डलर नाघेको छ । बीबीसीका अनुसार एक इरानी अधिकारीले ‘स्ट्रेट अफ हर्मुज’ मा देखिने जुनसुकै ...
निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार
१९ फागुन, काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए । यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको थियो । निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल पनि हो । आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछ,’ प्रवक्ता डा. पोखरेलले जारी...
गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
१९ फागुन, काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो । उनीहरूले सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरेका थिए । ...
ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुगेका मन्त्री अर्यालले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरुलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्।कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । समाजका सबै वर्गले धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्तिले जिल्लाको समग्र शान्त...